close

चर्चित क्लबहाउस एप शुक्रबारदेखि नेपालसहितका देशमा

टेकपाना टेकपाना

जेठ ३, २०७८ १३:५०

चर्चित क्लबहाउस एप शुक्रबारदेखि नेपालसहितका देशमा

काठमाडौं । एक साता अघि एन्ड्रोइडमा सार्वजनिक भएको लोकप्रिय सामाजिक अडियो प्लेटफर्म क्लबहाउस अब थप देशमा आउने भएको छ । कम्पनीले मंगलबारदेखि जापान, ब्राजिल र रसियामा र शुक्रबारदेखि नाइजेरिया, भारत र नेपाल लगायतका देशमा एप उपलब्ध हुने जनाएको हो ।

पहिलो वर्षका लागि क्लबहाउस एप केवल आईओएस डिभाइसहरुका लागि मात्र उपलब्ध रहेको थियो । सुरुवाती समयमा सीमित मात्रामा पहुँच रहेको यो एपले पहिलो वर्षमै एक करोड प्रयोगकर्ता बनाइसकेको छ ।

त्यससँगै नयाँ फण्डिङका क्रममा यो एपको मूल्य ४ अर्ब डलर कायम भएको छ । एन्ड्रोइडमा सार्वजनिक हुने पर्खाइ चलिरहँदा क्लबहाउसले ट्वीटरको स्पेस, डिस्कोर्डको स्टेज च्यानल र अन्य सामाजिक सञ्जालबाट प्रतिस्पर्धीको चुनौति पाइसकेको छ ।

क्लबहाउसमा अझै पनि इन्भाइट गरिएको अवस्थामा मात्रै जोडिन पाउने अवस्था रहेको र बहिरा तथा श्रवण शक्ति कमजोर भएका प्रयोगकर्ताका लागि अटोमेटिक क्याप्सन फिचर नदिएको भन्दै आलोचना समेत हुने गरेको छ । अन्ततः एपले क्रियटरमा समेत ध्यान दिन थालेको छ ।

केही समय अघि एक्सिलेरेटर प्रोग्राम घोषणा गरेको क्लबहाउसले त्यसमार्फत ५० वटा अडियो क्लबहाउस शोका लागि फण्डिङ समेत उपलब्ध गराउने भएको छ । कम्पनीका सीईओ पाउल डेभिसनले क्लबहाउसमा रहेको क्लबहाउस टाउन हल एपको अर्को योजना रहेको भन्दै त्यसमा क्रियटरका लागि सःशुल्क तथा सब्सक्रिप्सनमा आधारित कार्यक्रम रहने बताएका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१