काठमाडौं । टिकटकले ड्युएट र ग्रिन स्क्रिन फर्म्याटलाई जोड्दै ‘ग्रिन स्क्रिन ड्युएट‘ नामक नयाँ फिचर सार्वजनिक गरेको छ । एपले अरुको टिकटकलाई आफ्नो ब्याकग्राउण्डको रुपमा प्रयोग गर्न मिल्ने फिचर ल्याएको हो ।
‘ग्रीन स्क्रिन ड्युएट’ फिचर ड्युएटभित्र रहेको लेआउट मेनुमा अप्सनको रुपमा देख्न सकिन्छ । अन्य ड्युएटजस्तै ओरिजिनल भिडिओ क्रियटरलाई नयाँ भिडिओमा ट्याग गरिनेछ ।
यो फिचर त्यस्ता प्रयोगकर्ताका लागि अझ उपयोगी हुनेछ, जसले यस अघि टिकटकको ग्रिन स्क्रिन प्रयोग गरी फोटोलाई आफ्नो ब्याकग्राउण्डको रुपमा राखेर भिडिओ बनाउँदै आएका छन् । अरुको टिकटकलाई प्रतिक्रिया दिनगरी बनाइने टिकटकलाई यसले अझ राम्रो र आकर्षक बनाउनेछ ।
यसरी बनाइने टिकटकमा यो ड्युएट (अर्काको भिडियोलाआई आफ्नो भिडिओमा टाँसेर बनाइने) र स्टिचेज (ओरिजिनल भिडिओको क्लिप केही सेकेन्ड प्ले गरेर नयाँ टिकटक बनाउने) फिचरको तुलनामा समेत प्रभावकारी हुनेछ ।