close

मोबाइलमा टेलिकमको भीओएलटीई सेवा कसरी सुचारु गर्ने ? (भिडिओ टिप्स)

टेकपाना टेकपाना

जेठ ४, २०७८ १०:४१

मोबाइलमा टेलिकमको भीओएलटीई सेवा कसरी सुचारु गर्ने ? (भिडिओ टिप्स)

काठमाडाैं । सोमबारदेखि नेपाल टेलिकमकाे भीओएलटीई सेवा सुचारू भएकाे छ । पहिलाे दिन करिब ३० हजार प्रयोगकर्ताले यो सेवा एक्टिभ गरेको भए पनि १० प्रतिशत मोबाइलमा मात्रै सेवा प्रयोगमा आयो ।

मोबाइलमा *444# डायल गरेर अंक २ थिचेपछि सेवा एक्टिभ भएसँगै तपाईंले चलाउने टेलिकमको मोबाइल नम्बरमा यो सेवा प्रयोग गर्न मिल्ने हुन्छ । तर यो सेवा प्रयोग गर्न तपाईंले प्रयोग गर्ने मोबाइलमा पनि त्यसका लागि आवश्यक सपोर्ट हुन जरुरी छ ।

कम्पनीका अनुसार अहिले सामसङका ३१ वटा मोडेल, साओमीका ५ वटा मोडेल र नोकियाका ३ वटा गरी ३९ मोडेलका स्मार्टफोनमा मात्रै हाल यो सेवा उपलब्ध छ । क्रमशः अन्य मोबाइलहरुमा समेत सेवा विस्तार गर्दै लैजाने प्रयास भइरहेको जनाइएको छ ।

याे सेवाका लागि तपाईंसँग भएको मोबाइलमा यो सेवा चलाउन सकिने फिचर हुनुपर्छ । सँगसँगै मोबाइल बनाउने कम्पनीले आफ्ना सेटहरुमा नेपाल टेलिकमलाई भीओएलटीई प्रविधिमा जोडिएको क्यारियरको रुपमा अनुमति पनि दिनुपर्ने हुन्छ ।

कसरी प्रयाेग गर्ने याे सेवा ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१