close

गुगलको फोन एपमा अब भ्वाइस कलर आईडी सुविधा, फोन आउँदा नाम भन्ने

टेकपाना टेकपाना

जेठ ४, २०७८ १४:५२

गुगलको फोन एपमा अब भ्वाइस कलर आईडी सुविधा, फोन आउँदा नाम भन्ने

काठमाडौं । गुगलले आफ्नो फोन एपमा भ्वाइस कलर आईडीको सुविधा थपेकाे छ । कलर आईडी र स्पाम प्रोटेक्सनका लागि गुगलले तयार पारेको फोन एपबाट कसैको फोन आए फोन गर्ने व्यक्तिको नाम र नम्बर आवाजमार्फत थाहा पाउने सुविधा हुनेछ ।

गुगलले एन्ड्राेइडका लागि विश्वभर याे फिचर उपलब्ध गराएकाे छ । फोन एपमा यो सुविधा लिनको लागि विभिन्न विकल्पसमेत उपलब्ध हुनेछ ।

प्रयोगकर्ताले हरेक पटक फोन आउँदा फोन गर्नेको नाम एपले बताउने कि वा हेडफोनको प्रयोग गर्दा मात्रै यस्तो सुविधा लिने भन्ने विकल्प पनि देखिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१