काठमाडौं । नेपाल टेलिकमले हालै परीक्षणको रुपमा सञ्चालनमा ल्याएको फोरजी भीओएलटीई सेवा साओमीका थप स्मार्टफोनमा समेत चल्न थालेको छ । सार्वजनिक हुँदाको समयमा साओमीका केवल ५ स्मार्टफोनमा उपलब्ध यो सेवा अब कम्पनीका थप ८ फोनमा समेत चल्न थालेको हो ।
नेपाल टेलिकमका अनुसार साओमी रेड्मी नोट ९ प्राइम, साओमी मि १०, साओमी रेड्मी ९ सी, साओमी रेड्मी नोट नाइन प्रो र साओमी रेड्मी ८ एमा यस अघिदेखि नै भीओएलटीई सेवा उपलब्ध छ ।
अब भने साओमी रेड्मी नोट ९ रेड्मी नोट ७ प्रो रेड्मी १० प्रो रेड्मी ९ ए रेड्मी ८ रेड्मी ७ पोको एफ वान र मि नोट १० लाइटमा समेत यो सेवा चलाउन सकिने भएको छ ।
यससँगै अब टेलिकमको फोरजी भीओएलटीई सेवा चलाउन सकिने मोडेलको संख्या ४७ पुगेको छ । जसमा सामसङका ३१ वटा मोडेल, साओमीका १३ मोडेल र नोकियाका ३ वटा मोडेल रहेका छन् ।
टेलिकमका प्रयोगकर्ताले आफ्नो मोबाइलमा *444# डायल गरी अंक २ थिचेर यो सेवा एक्टिभ गराउन सक्छन् । त्यसपछि आफ्नो मोबाइलको सेटिङमा गएर भीओएलटीई अन गरेर *111# डायल गरी १०० मिनेट भीओएलटीई कल निःशुल्क पाउन सकिन्छ ।
यस्ता छन् टेलिकमको भीओएलटीई सेवा चल्ने मोबाइल
- Samsung Galaxy M01s
- Samsung Galaxy M02
- Samsung Galaxy M02s
- Samsung Galaxy M11
- Samsung Galaxy M12
- Samsung Galaxy M21
- Samsung Galaxy M30s
- Samsung Galaxy M31
- Samsung Galaxy A12
- Samsung Galaxy A51
- Samsung Galaxy A52
- Samsung Galaxy A70
- Samsung Galaxy A70s
- Samsung Galaxy A71
- Samsung Galaxy A72
- Samsung Galaxy Note 10 Lite
- Samsung Galaxy S10
- Samsung Galaxy S10+
- Samsung Galaxy S10e
- Samsung Galaxy S20
- Samsung Galaxy S20+
- Samsung Galaxy S20 ultra
- Samsung Galaxy S20 FE
- Samsung Galaxy S21
- Samsung Galaxy S21+
- Samsung Galaxy S21 Ultra
- Samsung Galaxy Note 10
- Samsung Galaxy Note 10+
- Samsung Galaxy Note 20
- Samsung Note 20 Ultra
- Samsung Galaxy Z Fold2
- Xiaomi Redmi 8A
- Xiaomi Redmi Note 9 pro
- Xiaomi Redmi Note 9
- Xiaomi Redmi Note 7 Pro
- Xiaomi Redmi Note 10 Pro
- Xiaomi Redmi 9C
- Xiaomi Redmi 9A
- Xiaomi Redmi 9 Prime
- Xiaomi Redmi 8
- Xiaomi Redmi 7
- Xiaomi Poco F1
- Xiaomi Mi Note 10 Lite
- Xiaomi Mi 10
- Nokia 5.3
- Nokia 7.2
- Nokia 3.4
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
