close

‘अक्सिजन कन्सन्ट्रेटर किन्दा सावधानी अपनाऔं’

टेकपाना टेकपाना

जेठ ७, २०७८ ९:३०

‘अक्सिजन कन्सन्ट्रेटर किन्दा सावधानी अपनाऔं’

महाबिर पुन
संस्थापक, राष्ट्रिय आविष्कार केन्द्र


तपाईंहरुले अक्सिजन कन्सेंट्रेटर किन्दा त्यसको फ्लाे रेट हेर्नुहोला । कुनै कन्सन्ट्रेटर मा ५ लिटर अथवा ७ लिटर प्रतिमिनट फ्लो रेट भनेर भने तापनि त्यसले दिने अक्सिजनको प्रतिशत हेर्नुपर्छ ।

उदाहरणका लागी तलको फोटो हेर्नुहोस्। त्यसमा १ ~ ७ लिटर प्रति मिनेट भनेको छ । त्यसको अर्थ त्यसले १ देखि ७ लिटर प्रति मिनेट अक्सिजन दिन्छ भनेको होइन ।

May be an image of text that says 'Product Description Brand Unbranded Model SYK-608 Type Oxygen Concentrator Optional Plug Type EU Plug(220V) Flow rate 1~7L/ 90% room temperature Anion output (optional) 4 million min (optional function) Working noise S45dB Working environment requirementsno corrosive gases Features Portable Digital Display,Re Size (39*28.5*40.5CM/15.35*11 Weight 4KGS/18.5LB Feature Portable Smart Home Compatibility Universal Manufacturer Warranty years Country/Regior of Manufacture China 1MPA Control, Inch Sensor'

त्यसले हावा चाहिँ ७ लिटर प्रति मिनेटसम्म दिन्छ भनेको हो । तर त्यसैको पछाडि लेखेको (९०% – ३०%) हेर्न नभुल्नु होला। त्यसको मतलब त्यो कन्सन्ट्रेटरले १ लिटर प्रति मिनट हावा फाल्दा ९०% शुद्ध अक्सिजन दिन्छ र ७ लिटर प्रति मिनट हावा फाल्दा ३०% मात्र शुद्ध अक्सिजन दिन्छ भनेको हो ।

त्यसैले कोरोनाले च्यापेको बिरामीलाई यो कन्सन्ट्रेटरको अक्सिजन पुग्दैन । १ – ७ लिटर प्रति मिनेट (९०%) भनेर लेखेको भए त्यो कन्सेन्ट्रेटर राम्रो हुन्थ्यो ।

यसरी फ्लो रेट बढाउँदा पनि शुद्ध अक्सिजनको मात्रा ९०% को हाराहारी दिने अक्सिजन कन्सेन्ट्रेटर किन्नुहोला । कसैले त्यस्तो कन्सेन्ट्रेटर जाँच्नुपर्‍याे भने आविष्कार केन्द्रमा सम्पर्क गर्नुहोला ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१