close

एन्ड्रोइडका लागि माइक्रोसफ्ट अफिसको डार्क मोड

टेकपाना टेकपाना

जेठ ८, २०७८ १६:५

एन्ड्रोइडका लागि माइक्रोसफ्ट अफिसको डार्क मोड

काठमाडौं । सामान्यतया कागज सेतो हुन्छ । त्यस्तै डिजिटल डकुमेन्टका लागि पनि सेतै पृष्ठभूमि (ब्याकग्राउण्ड) प्रयाेग गरिन्छ । तर स्क्रिनको लाइटले आँखालाई असहज बनाएकाे भन्दै धेरै प्रयोगकर्ताले कालो पृष्ठभूमिमा सेतो रङकाे टेक्स्ट रुचाउन थालेका छन् ।

माइक्राेसफ्ट अफिसका एन्ड्रोइड प्रयाेगकर्ताले पनि डार्क माेडकाे माग गरिरहेका थिए । हालै उनीहरूको चाहना पुरा भएको छ ।

अब उनीहरुले डार्क मोड प्रयोग गरेर वर्ड, एक्सेल र पावरपोइन्ट डकुमेन्टहरु हेर्न र एडिट गर्न पाउने भएका छन् । कम्पनीले शुक्रबार नयाँ अपडेट जारी गरेकाे हाे ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१