काठमाडाैं । सीजी टेलिकमका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेपालमा दुई ओटा अपरेटर मात्रै हुँदा सेवाग्राहीले गुणस्तरीय सेवा पाउन नसकेको बताएका छन् । दक्षिण एसियामै डेटा र भ्वाइसको शुल्क नेपालमा बढी भएपनि गुणस्तरीय र सबै ठाउँमा सेवा पाउनबाट ग्राहक वञ्चित भएकाे तर्क उनकाे छ ।
शनिबार टेकपाना मिडियाको आयोजनामा भइरहेको दूरसञ्चार नीतिगत बहस श्रृंखलामा बोल्दै चौधरीले लाइसेन्स लिएर बसेका अन्य टेलिकम कम्पनीहरूले काम गर्न नसकेको भन्दै प्रश्न उठाए ।
सीजी टेलिकमबाट सरकारलाई तिर्नुपर्ने शुल्क कुनै बाँकी नरहेको र भविष्यमा तिर्नुपर्ने शुल्कसमेत अहिल्यै तिरिसकेको उनले बताए । ‘यही कारण याे उद्योगमा हामी कति गम्भीर र इच्छुक छाैं भन्न्रे थाहा हुन्छ,’ उनले भने ।
फ्रिक्वेन्सी राज्यको मत्वपूर्ण सम्पत्ति रहेपनि यसलाई ‘ब्लक’ गरेर राखिएकाे गुनासाे उनकाे छ । ‘यूटीएल, स्मार्ट र नेपाल स्याटेलाइट सबैले ९०० मा १५ मेगाहर्ज, १८०० मा ३० मेगाहर्ज लिएर बसिरहेका छन् । तर फ्रिक्वेन्सी जस्तो सम्पत्ति होल्ड गरेर बसेका छन् । किन काम भइरहेकाे छैन ? सित्तैमा फ्रिक्वेन्सी त दिएको होइन होला,’ उनले प्रश्न गरे ।