close

नेपालमै पेट्रोलियम अन्वेषणका लागि भौगर्भिक नक्साको डिजिटल डेटावेस तयार

टेकपाना टेकपाना

जेठ १४, २०७८ २०:३५

नेपालमै पेट्रोलियम अन्वेषणका लागि भौगर्भिक नक्साको डिजिटल डेटावेस तयार

काठमाडौं । नेपालमै पेट्रोलियम अन्वेषणका लागि १० विभिन्न अन्वेषण खण्डको भौगर्भिक नक्साको डिजिटल डेटावेस तयार भएको छ । आर्थिक सर्वेक्षण २०७७ प्रतिवेदन सार्वजनिक गर्दै अर्थमन्त्रालयले यसको जानकारी दिएको हो । नक्साको स्तरोन्नतिका लागि विभिन्न स्थानको थप तथा विस्तृत भौगर्भिक सर्वेक्षण कार्य सम्पन्न भएको पनि साे प्रतिवेदनमा उल्लेख छ ।

खानी तथा भूगर्भ विभागले मेचीदेखि महाकालीसम्म पेट्रोलियम पदार्थको सम्भावना रहेका ठाउँलाई १० ब्लकमा विभाजन गरेको छ । यी ब्लक पश्चिममा धनगढीबाट शुरु भई पूर्वमा विराटनगरसम्म रहेका छन् ।

ब्लक १ अन्तर्गत धनगढीको चार हजार ९ सय ४१ वर्ग किलोमिटर क्षेत्रफल, ब्लक २ अन्तर्गत कर्णालीको चार हजार ८ सय ३८ वर्ग किलोमिटर, ब्लक ३ अन्तर्गत नेपालगञ्जको चार हजार ९ सय ९ वर्ग किलोमिटर, ब्लक ४ अन्तर्गत लुम्बिनीको चार हजार ९ सय ६५ वर्ग किलोमिटर र ब्लक ५ अन्तर्गत चितवनको चार हजार ९ सय ४५ वर्ग किलोमिटर क्षेत्रमा अन्वेषण कार्य अगाडि बढाइएको छ ।

त्यसैगरी ब्लक ६ अन्तर्गत वीरगञ्जको चार हजार ८ सय ८० वर्ग किलोमिटर, ब्लक ७ अन्तर्गत मलङ्गवाको चार हजार ९२० वर्ग किलोमिटर, ब्लक ८ अन्तर्गत जनकपुरको चार हजार ९४१ वर्ग किलोमिटर, ब्लक ९ अन्तर्गत राजविराजको चार हजार ८ सय ५४ वर्ग किलोमिटर र ब्लक १० अन्तर्गत विराटनगर क्षेत्रको चार हजार ९६९ वर्गमिटरमा अन्वेषण कार्य अगाडि बढाइएको छ ।

त्यस्तै आर्थिक वर्ष २०७७/७८ को फागुन मसान्तसम्म दैलेख, सुर्खेत लगायतका विभिन्न जिल्लामा जियोलोजिकल सर्भे पेट्रोलियम जियोलोजिकल सर्भे, जियोकेमकिल सर्भे सम्पन्न भएकाे साे प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१