close

कोरोनाको पहिलो भ्याक्सिन लगाउनुभएको छैन ? अनलाइनबाटै यसरी टिपाउनुहोस् नाम

टेकपाना टेकपाना

जेठ १६, २०७८ ११:५७

कोरोनाको पहिलो भ्याक्सिन लगाउनुभएको छैन ? अनलाइनबाटै यसरी टिपाउनुहोस् नाम

काठमाडौं । काेभिड १९ काे पहिलाे भ्याक्सिन नलगाएका व्यक्तिहरूले अनलाइनबाटै आफ्नाे नाम टिपाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेकाे छ । भ्याक्सिन लगाउन चाहने १८ वर्ष र सोभन्दा बढी उमेरका व्यक्तिहरुले अनलाइनबाटै नाम टिपाउन मिल्ने गरी वेबसाइट तयार पारेकाे छ ।

याे वेबसाइट प्रयाेग गरी आफ्नाे लागि तथा परिवार र आफन्तकाे फारम भर्न सकिन्छ । मन्त्रालयका अनुसार यो स्वेच्छिक फारम भरेका व्यक्तिहरूले प्राथमिकता र खोपको आधारमा खोप लगाउन पाउनेछन् ।

यो आवेदन फारमबाट प्राप्त भएका विवरण पालिकास्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्था गर्नका लागि सहज हुने विश्वास गरिएकाे छ ।

याे सेवा लिन स्वास्थ्य मन्त्रालयकाे याे वेबसाइट भिजिट गर्नुहाेस् ।

वेबसाइटकाे हाेमपेजमा दिइएकाे ‘यो फारम किन भर्ने ?’ प्रश्नका उत्तर पढ्नुहाेस् । यसले फारमसँग सम्बन्धित विवरण भर्न सजिलाे हुन्छ ।

त्यसपछि त्यहाँ विकल्पका रूपमा दिइएकाे ‘स्वयं आवेदन दर्ता’, ‘अन्य व्यक्ति मार्फत आवेदन दर्ता’ र सं’स्थामार्फत आवेदन दर्ता’ मध्ये एक विकल्प छनाैट गर्नुहाेस् ।

त्यसपछि मागिएकाे विवरण भरेर पेश गर्नुहाेस् ।

पेश गरिसकेपछि दर्ता कार्ड वा दर्ता नम्बर र तपाईंको परिचय खुल्ने परिचयपत्रसहित खोप अभियान संचालन भएको वखत, खोप केन्द्रमा आउन अनुरोध गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३