close

‘समय अभावका कारण इन्टरनेटको कर घटाउन सकेनौं’

टेकपाना टेकपाना

जेठ १७, २०७८ १०:५८

‘समय अभावका कारण इन्टरनेटको कर घटाउन सकेनौं’

काठमाडौं । अर्थमन्त्रालयका सचिव शिशिर कुमार ढंगानाले समय अभावका कारण इन्टरनेटमाथि लाग्ने कर घटाउन नसकिएको बताएका छन् । आर्थिक पत्रकार समाज नेपाल (सेजन) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा बोल्दै उनले यस्तो बताएका हुन् ।

इन्टरनेटमा विभिन्न शीर्षकमा ४६ प्रतिशत कर लाग्दा सेवा महंगो हुन गएको र घटाउने गृहकार्य भए पनि बजेटले त्यसलाई सम्बोधन गर्न नसकेको भन्ने प्रश्नमा उनले त्यस विषयमा धेरै छलफल भएको स्वीकार गरे । ‘हामीले करसँगै उपभोक्ता मूल्य समेत कसरी घटाउन सकिन्छ भन्ने हिसाबले छलफल चलाउन पनि चलाउन खोजिरहेका थियौं,’ उनले भने, ‘तर समय अभावका कारण त्यसलाई सम्बोधन गर्न नसकिएको हो ।’

यद्यपी आयकरको व्यवस्था अनुसार इन्टरनेट सेवाप्रदायकले विदेशबाट ब्याण्डविथ खरिद गर्दा लाग्ने सेवा शुल्कको टीडीएस रकम १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको अर्थसचिव ढंगानाको भनाई रहेको थियो । ‘प्रत्यक्ष रुपमा उपभोक्ताले लाभ कसरी लिन सक्छन् भन्ने कुराको सुनिश्चितता भएपछि आगामी दिनमा इन्टरनेटमा लाग्दै आएको रोयल्टी र दूरसञ्चार सेवा शुल्क घटाउँदै जाने विषयमा सोच्न सकिन्छ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३