close

१८ हजार रूपैयाँमा नेपाली बजारमा ‘पोको एम थ्री’ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

टेकपाना टेकपाना

जेठ १७, २०७८ १२:१६

१८ हजार रूपैयाँमा नेपाली बजारमा ‘पोको एम थ्री’ सार्वजनिक, यस्ता छन् मुख्य फिचर

काठमाडौं । नेपाली बजारमा ‘पोको एम थ्री’ सार्वजनिक भएको छ । शनिबार बजेट फाेनकाे रूपमा कम्पनीले एम सिरिजकाे नयाँ स्मार्टफाेन भित्र्याएकाे हाे ।

याे फाेनमा क्वालकमको स्न्यापड्रागन ६६२ चिपसेट, ४८ मेगापिक्सेलकाे मुख्य क्यामेरा सहित ४ वटा क्यामेरा र ६.५३ इन्चकाे आईपीएस डिस्प्ले छ । त्यस्तै यसमा शक्तिशाली ६ हजार एमएएचकाे ब्याट्री छ, जसले १८ वाटकाे फास्ट चार्जिङ सपाेर्ट गर्छ ।

याे फाेन नेपाली बजारमा दुई भेरियन्टमा सार्वजनिक भएकाे छ । यसअन्तर्गत ४ जीबी र्‍याम तथा ६४ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टकाे मूल्य १७ हजार ९९९ रूपैयाँ र ४ जीबी र्‍याम तथा १२८ जीबी इन्टर्नल स्टाेरेज भेरियन्टकाे मूल्य १९ हजार ९९९ रूपैयाँ ताेकिएकाे छ ।

May be an image of phone, screen and text that says 'POCO POCO M3 More than you expect 48MP AI triple camera Stunning Night mode 6000mAh ultra high capacity battery 18W fast charge 6.53" FHD+ Dot Drop display Dual speakers Qualcomm® Snapdragon 662 11nm energy-efficient processor 17,999/- 4GB+64GB Rs. 19,999/- B 128GB Availablein:'

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३