close

टिम कुकले एप्पलबाट कति लिन्छन् तलब ?

टेकपाना टेकपाना

जेठ १९, २०७८ १४:१२

टिम कुकले एप्पलबाट कति लिन्छन् तलब ?

काठमाडौं । विश्वकै सबैभन्दा ठूलाे कम्पनीमध्ये एक हाे, एप्पल । तर, पनि एप्पलका सीईओ टिम कुक संसारमा सबैभन्दा बढी तलब खाने कार्यकारीमा पर्दैनन् ।

द वाल स्ट्रिट जर्नलले हालै सन् २०२० मा धेरै तलब खाने शीर्ष ५०० सिईओकाे सूची सार्वजनिक गरेकाे छ । याे सूचीमा टिम कुक १ सय १७ औं स्थानमा छन् ।

गत वर्ष टिम कुकले १४.७ मिलियन डलर अर्थात एक खर्ब ७२ कराेड रूपैयाँ तलबमार्फत कमाए । याे रकम सन् २०१९ काे तुलनामा २८ प्रतिशतले बढी हाे ।

टिम कुकको तलब एउटा आधारमात्रै हो । उनले एप्पलकाे स्टकबाट मनग्गे कमाउँछन् । कम्पनीकाे स्टकमध्ये ८.४७ लाखभन्दा बढी शेयर उनकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३