close

नयाँ भर्सनको विण्डोज सार्वजनिक गर्दै माइक्रोसफ्ट

टेकपाना टेकपाना

जेठ २०, २०७८ १२:५९

नयाँ भर्सनको विण्डोज सार्वजनिक गर्दै माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्ले यही जनु २४ मा नयाँ भर्जनको विण्डाेज सार्वजनिक गर्ने भएको छ । बुधबार एक कार्यक्रमका बीच कम्पनीले ‘नेक्स्ट जेनेरेशन अफ विण्डाेज’ सार्वजनिक गर्ने विषयमा जनकारी दिएको हो ।

पर्सनल कम्प्यटरको हकमा विण्डाेजले हाल विश्वमा आधिपत्य नै जमाएको छ । जसले कम्पनीको कूल आम्दानीको १४ प्रतिशत हिस्सा ओगट्दै आएको छ । कम्पनीले सन् २०१५ मा पहिलो पटक विण्डाेज १० सार्वजनिक भएदेखि हरेक वर्ष दुई वटा अपडेट उपलब्ध गराउँदै आएको छ ।

कम्पनीका सीईओ सत्या नाडेलाले अघिल्लो हप्तामात्रै विण्डाेज १० एक्स सिपमेन्ट तत्कालै नहुने निर्णय सुनाएका थिए । विण्डाेज १० एक्स विशेष गरी डल स्क्रिनका लागि निमार्ण गरिएको हो । यसैबीच अब भने कम्पनीले विण्डाेजकै नयाँ भसर्न सार्वजनिक गर्ने तयारी गरेको हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३