काठमाडौं । एप्पलको सबैभन्दा ठूलो कार्यक्रमको रुपमा रहेको ‘वर्ल्ड वाइड डेभलपर कन्फ्रेन्स २०२१’ (डब्लूडब्लूडीसी २०२१) सोमाबारदेखि सुरु भएको छ । शुक्रबारसम्म चल्ने उक्त कार्यक्रममा एप्पलले आईओएस, प्याडओएस, म्याकओएस, वाचओएसमा उल्लेख्य फिचर थप गर्दै परिस्कृत भसर्न प्रस्तुत गरेको छ ।
कार्यक्रममार्फत नयाँ फिचरहरुको प्रस्तुत भएपनि आईओएस १५ र आइप्याड १५ भने आउँदो जुलाईबाट बेटा भसर्नको रुपमा प्रयोगकर्तामाझ उपलब्ध हुने जनाइएको छ । यस्तोमा अब एप्पलले उपलब्ध गराउने नयाँ भसर्नको ओएस तपाईंको डिभाइसले सपोर्ट गर्छ वा गर्दैन भन्ने विषय सबैभन्दा चासोको विषय हो ।
यहाँ हामी आईफोनका कुन–कुन डिभाइसमा नयाँ ओएस सपोर्ट गर्छ भन्ने विषयमा जानकारी दिँदै छौं । हालसम्म प्राप्त जानकारीअनुसार ओएस १५ हाल आईओएस १४ र आईप्याडओएस १४ चलिरहेका सबै डिभाइसमा चल्नेछ । तर ए९ प्रोसेसर भएका डिभाइसमा भने सपोर्ट गर्नेछैन ।
यसको अर्थ यहाँ उल्लेखित डिभाइसमा मात्रै आईओएस १५ सपोर्ट गर्नेछ :
- iPhone 12 / 12 mini / 12 Pro / 12 Pro Max
- iPhone 11 / 11 Pro / 11 Pro Max
- iPhone XS / XS Max
- iPhone XR
- iPhone X
- iPhone 8 / 8 Plus
- iPhone 7 / 7 Plus
- iPhone 6s / 6s Plus
- iPhone SE (1st generation)
- iPhone SE (2nd generation)
- iPod touch (7th generation)
आईप्याडको हकमा निम्नलिखित माेडलमा आईप्याडओएस १५ सपाेर्ट गर्नेछ :
- iPad Pro 12.9-inch (5th generation)
- iPad Pro 11-inch (3rd generation)
- iPad Pro 12.9-inch (4th generation)
- iPad Pro 11-inch (2nd generation)
- iPad Pro 12.9-inch (3rd generation)
- iPad Pro 11-inch (1st generation)
- iPad Pro 12.9-inch (2nd generation)
- iPad Pro 12.9-inch (1st generation)
- iPad Pro 10.5-inch
- iPad Pro 9.7-inch
- iPad (8th generation)
- iPad (7th generation)
- iPad (6th generation)
- iPad (5th generation)
- iPad mini (5th generation)
- iPad mini 4
- iPad Air (4th generation)
- iPad Air (3rd generation)
- iPad Air 2
यी एप्पल वाचमा वाचओएस ८ सपोर्ट गर्नेछ :
- Apple Watch Series 3
- Apple Watch Series 4
- Apple Watch Series 5
- Apple Watch SE
- Apple Watch Series 6
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
