close

छिटो लगईन गर्न ‘फ्ल्याश कल’ फिचर ल्याउँदै ह्वाट्सएप

टेकपाना टेकपाना

जेठ २७, २०७८ १९:१५

छिटो लगईन गर्न ‘फ्ल्याश कल’ फिचर ल्याउँदै ह्वाट्सएप

काठमाडौं । फेसबुक स्वामित्वकाे म्यासेजिङ प्लेटफर्म ह्वाट्सएपले नयाँ फिचर ल्याउने भएकाे छ । ‘फ्ल्याश कल’ नामक याे फिचरमार्फत युजर भेरिफिकेशन गरी छिटाे लगइन गर्न सकिने जनाइएको छ ।

याे फिचर हालको म्यासेज भेरिफिकेसनको तुलनामा धेरै सुरक्षित र प्रभावकारी हुने जनाइएको छ । यसका लागि फेसबुकले ह्वाट्सएपको एन्ड्रोइड भसर्न २.२१.११.७ को बेटा भर्सनमा काम गरिरहेको छ । हाल यो फिचर निर्माणकै क्रममा रहेकाले नयाँ आउने भसर्नमा उपलब्ध हुनसक्ने जनाइएको छ ।

याे फिचर तत्कालका लागि एन्ड्रोइड भसर्नमा मात्रै उपलब्ध हुनेछ । यसका कारण एप्पलको एपीआईले कल हिस्ट्री पढ्न दिँदैन । त्योहुँदा पनि यो फिचर आईओएसमा उपलब्ध नहुने भएको हो ।

यो फिचर हाल ह्वाट्सएप लगइन गर्दा भेरिफिकेशनका लागि प्रयोग हुने ६ डिजिट कोडको विकल्प हो । यसको अर्थ अब भेरिफिकेसनका लागि ह्वाट्सएपले एकपटक कल गर्नेछ र तुरुन्तै काटिने छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१