close

विण्डोज १० बन्द गर्दै माइक्रोसफ्ट, आउँदो हप्ता नयाँ अपरेटिङ सिस्टम आउन सक्ने

टेकपाना टेकपाना

असार १, २०७८ ८:३६

विण्डोज १० बन्द गर्दै माइक्रोसफ्ट, आउँदो हप्ता नयाँ अपरेटिङ सिस्टम आउन सक्ने

काठमाडाैं । माइक्रोसफ्टले विण्डोज १० लाई अक्टुबर १४, २०२५ मा बन्द गर्ने भएको छ । अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यो ओएसका लागि सपोर्ट बन्द गर्ने मिति घोषणा गरेको हो । थुराेटकाे एक रिपाेर्टमा कम्पनीले विण्डाेज १० हाेम र प्राेका लागि सपाेर्ट बन्द गर्ने मिति तय गरेकाे उल्लेख छ ।

माइक्रोसफ्टको यो निर्णयसँगै कम्पनी चाँडै नै नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्ने तयारीमा जुटेको अनुमान गर्न सकिन्छ । कम्पनीले अर्को हप्ता गर्ने विण्डाेज इभेन्टमा ओएसको ‘नेक्स्ट जेनेरेसन’ सार्वजनिक हुनसक्ने बताइएको छ ।

कम्पनीले गत हप्तामात्रै ११ मिनेटकाे टिजर युट्युवमा सार्वजनिक गरेकाे थियाे, जुन विण्डाेज ११ रहेकाे अनुमान गर्न सकिन्छ । विण्डाेजकाे नयाँ संस्करणकाे युजर इन्टरफेसमा धेरै परिवर्तन हुने चर्चा गरिएकाे छ । साथमा अन्य आधुनिक फिचरहरु हुनेछन् । माइक्रोसफ्टले ‘सन भ्याली’ कोडनेममा याे परियाेजना अगाडि बढाइरहेकाे छ ।

माइक्राेसफ्टले यसअघि अक्टुबर १३, २०२० मा विण्डाेज १० काे सपाेर्ट बन्द गर्ने घाेषणा गरेकाे थियाे । तर कम्पनीले यसबीचमा नयाँ अपरेटिङ सार्वजनिक गरेन र विण्डाेज १० मा नियमित अपडेट र सपाेर्ट प्रदान गरिरहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१