close

सिजी नेटको वेबसाइटसँगै इन्टरनेट डाउन

टेकपाना टेकपाना

असार १, २०७८ ११:५८

सिजी नेटको वेबसाइटसँगै इन्टरनेट डाउन

काठमाडौं । सिजी नेटको वेबसाइटसँगै इन्टरनेट सेवा डाउन भएको छ । इन्टरनेटको अन्तर्राष्ट्रिय नेटवर्कमा समस्या आउँदा नेटवर्क डाउन भएको हो । 

अन्तर्राष्ट्रिय नेटवर्क डाउन भएसँगै केही समयदेखि सिजी नेटको सेवा प्रभावित भएको छ । यद्यपी नेटवर्क डाउन हुनुको कारण भने अझै खुल्न सकेको छैन ।

सुनौली नाका भएर भारतको एयरटेलसँग जोडिएको नेटवर्कमा समस्या आएको भन्दै कम्पनीले त्यसलाई समाधान गर्ने प्रयास जारी रहेको जनाएको छ ।

‘हाम्रो स्थानीय नेटवर्कमा कुनै समस्या आएको होइन,’ कम्पनीका एक अधिकारीले टेकपानासँग भने, ‘अन्तर्राष्ट्रिय लिङ्क सोर्स नै डाउन भएकाले हामी त्यसलाई समाधान गर्ने प्रयासमा छौं ।’

हालै मात्र सञ्चालनमा आएको सिजी नेटले जारी निषेधाज्ञाका कारण अपेक्षित रुपमा सेवा विस्तार गर्न सकिरहेको छैन । ग्राहक त्यति धेरै नभइसकेकाले नेटवर्क डाउनको असर त्यति धेरै नदेखिएको हो ।

अपडेट: यसैबीच अवरुद्ध भएको इन्टरनेट सेवा पुनः सुचारु भएको जानकारी कम्पनीले दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१