close

ओपेराले सार्वजनिक गर्‍यो गेम खेल्न सकिने छुट्टै ब्राउजर

टेकपाना टेकपाना

असार २, २०७८ १७:४९

ओपेराले सार्वजनिक गर्‍यो गेम खेल्न सकिने छुट्टै ब्राउजर

काठमाडौं । पछिल्लो समय माइक्रोसफ्ट एक्सक्लाउड, एनभिडिया जीफोर्सजस्ता सर्भिसका कारण आईफोन तथा एन्ड्रोइडमा वेब गेमिङ आकर्षणको विषय बन्दै गएको छ । यसैक्रममा अब ओपेराले गेमरहरुलाई लक्षित गर्दै कस्टमाइज गेमिङ ब्राउजर सार्वजनिक गरेको छ ।

ओपेराले सार्वजनिक गरेको गेमिङ ब्राउजर ‘ओपेरा जीएक्स’ अहिले परीक्षणका लागि सबै प्रयोगकर्तालाई उपलब्ध भएको छ । जसमा विभिन्न फिचर उपलब्ध रहेको जनाइएको छ । जुन तपाईंले एप्पलका लागि एप स्टोर र एन्ड्रोइडका लागि प्ले स्टाेरबाट डाउनलोड गर्न सक्नुहुनेछ ।

कम्पनीले यसअघि एन्ड्रोइड र आईओएस ब्राउजरमा उपलब्ध धेरै फिचर पनि समावेश गरेको छ । यसअन्तर्गत फास्ट एक्सन बटन, कस्टम स्क्रिनजस्ता फिचर छन् । भने, गेमसम्बन्धी जानकारीका लागि ‘जीएक्स कर्नर’ फिचर उपलब्ध छ ।

ओपेराले हाल चर्चित रहेको वेबमा आधारित गेमिङ सर्भिसमा जीएक्स कसरी प्रयोग गर्ने भन्ने विषयमा भने जानकारी दिएको छैन । तर, यसले त्यस्ता गेमिङ सर्भिसलाई पनि अप्टिमाइज गर्ने आँकलन भने गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१