close

हार्मोनी अपरेटिङ सिस्टमसहित बजारमा अर्को स्मार्टफोन ब्राण्ड आउँदै

टेकपाना टेकपाना

असार ५, २०७८ १७:१६

हार्मोनी अपरेटिङ सिस्टमसहित बजारमा अर्को स्मार्टफोन ब्राण्ड आउँदै

काठमाडौं । दुई साताअघि ह्वावेले आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस २’ सार्वजनिक गरेको थियो । नयाँ ओएसको साथ पुनः विश्व बजारमा आफूलाई स्थापित गर्ने योजना बनाएको ह्वावेले उक्त ओएस अरुलाई पनि खुला गरेकाे छ ।

स्मार्टफोनमा मात्रै नभएर इन्टरनेटमा आधारित धेरैजसो डिभाइसमा प्रयोग गर्न सकिने हार्माेनी ओएसलाई एन्ड्रोइड र आईओएसको विकल्पकाे रूपमा हेर्न थालिएकाे छ ।

सार्वजनिक गरेसँगै कम्पनीले हाल आाफ्ना प्रयोगकर्तालाई क्रमिक रुपमा हार्मोनी ओएसको अपडेट उपलब्ध गराउँदै आएको छ । यो वर्षको अन्त्यसम्म आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि नयाँ ओएस उपलब्ध गराउने कम्पनीकाे याेजना छ ।

यसरी एउटा इकोसिस्टमसहित आएको ह्वावेको ओएसलाई कम्पनीले खुला गरेका कारण अन्य कम्पनीले पनि प्रयोग गर्नसक्ने छन् । सोहीअनुसार एक स्मार्टफाेन कम्पनी अब हार्माेनी ओएसमा आधारित भएर पुनः मोबाइल बजारमा प्रवेश गर्ने भएको छ ।

चिनियाँ सञ्चार माध्यम पिक्चरफनले यो विषयमा जानकारी बाहिर ल्याएको छ । उसले सार्वजनिक गरेको फोटाेमा ह्वावेको ओएस प्रयोग गरेर अर्काे कम्पनीले स्मार्टफाेन बजारमा ल्याउन लागेकाे जनाइएकाे छ ।

उक्त कम्पनी कुन हो भन्ने विषयमा भने चर्चा गरिएको छैन । यसअघि स्मार्टफोन बजारमा असफल कम्पनी अहिले हार्मोनी ओएसका साथ बजारमा पुनरागमन गर्न लागेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६