close

क्लबहाउस एपमा नयाँ अपडेट, अब साथीहरु अनलाइन भए/नभएको हेर्न मिल्ने

टेकपाना टेकपाना

असार ५, २०७८ १८:४७

क्लबहाउस एपमा नयाँ अपडेट, अब साथीहरु अनलाइन भए/नभएको हेर्न मिल्ने

काठमाडौं । अडियो प्लेटफर्म क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएको दुई महिना पुरा हुन लागेको छ । यो अवधिमा एन्ड्रोइडमा ५० लाखभन्दा बढी डाउनलोड भइसकेको छ । सुरुवातमा आईओएसमा मात्रै उपलब्ध क्लबहाउस एन्ड्रोइडमा उपलब्ध भएसँगै थप चर्चा बटुल्न सफल भएको छ ।

एन्ड्रोइड भसर्नमा उपलब्ध भएपनि अझै यसमा आईओएसमा जस्तो सबै फिचर समावेश छैन । यस्तोमा कम्पनीले समय–समयमा नयाँ फिचर थप गर्दै आएको छ । यही क्रममा कम्पनीले आईओएस प्रयोगकर्तामाझ लोकप्रिय फिचर एन्ड्रोइड प्रयोगकर्तालाई पनि उपलब्ध गराएको छ ।

नयाँ फिचरको रुपमा कम्पनीले एन्ड्रोइड प्रयोगकर्तालाई आफ्ना साथीभाइ अनलाइन भए/नभएको हेर्न सकिने बनाएको छ । योसँगै प्रयोगकर्ताले आफ”सँग जोडिएका साथीमध्ये को अनलाइन छ, त्यो हरेर उनीहरुलाई ग्रुपमा इन्भाइट गर्न सक्नेछन् ।

How To Check Who's Online On Clubhouse

कम्पनीले भर्खरैमात्र याे फिचरसहित एन्ड्रोइड प्रयोगकर्ताका लागि नयाँ अपडेट उपलब्ध गराएको छ ।

याे पनि पढ्नुहाेस् :

को हुन् क्लबहाउसको आइकनमा देखिने व्यक्ति ?

क्लबहाउसको एन्ड्रोइड भसर्नमा अब इन्स्टाग्राम र ट्वीटर अकाउन्ट लिंक गर्न सकिने

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६