close

चिनियाँ अन्तरिक्ष स्टेसनको पहिलो २४ घण्टाको भिडिओ सार्वजनिक

टेकपाना टेकपाना

असार ११, २०७८ १३:१२

चिनियाँ अन्तरिक्ष स्टेसनको पहिलो २४ घण्टाको भिडिओ सार्वजनिक

काठमाडौं । चीनले आफ्नो अन्तरिक्ष स्टेसनको पहिलो २४ घ‌ण्टाको भिडिओ सार्वजनिक गरेको छ । उक्त भिडिओमा निय हाइशेङ, लिउ बोमिङ र थङ होङ्बोले हावामा उडिरहेको बक्सहरुसँगै खाना खाँदै गरेको भिडियो देख्न सक्छौं । भिडियोमा उनीहरुको  तियान्हे मोड्युलमा पहिलो २४ घण्टाको गतिविधिलाई देखाइएको छ । उनीहरु तियान्हे मोड्युलमा अबको तीन महिनासम्मका लागि बस्नेछन् । 

विगत पाँच वर्षमा यो चीनको स्पेस मिशनको पहिलो क्रु हो, जो अहिलेसम्मकै सबैभन्दा बढी समयमा अन्तरिक्षमा बस्नेछन् । चीनको राष्ट्रिय प्रसारक केन्द्रीय चाइना टेलिभिजनमा प्रसारण भएको समाचारअनुसार अन्तरिक्षयात्रीहरु विहानको ८ बजे ग्राउण्ड कन्ट्रोलमा सम्पर्क गरेर दिनको सुरुवात गर्छन् र रातिको करिब ९ बजेसम्मको उनीहरुको कामको अपडेट गरेर दिन सकिन्छ । 

अन्तरिक्षयात्रीहरुले आरामदायी किसिमले काम गर्न सकुन् भनेर उनीहरुलाई हप्तामा एकदिन छुट्टीको पनि व्यवस्था गरिएको छ । बुधबारको दिन चिनियाँ राष्ट्रपति सी जिन पिङले अन्तरिक्षयात्रीहरुसँग पाँच मिनेटको लागि कुरा गर्दै उनीहरुको कामको लागि धन्यवाद व्यक्त गरेका थिए ।

साउथ चाइना मर्निङको रिपोर्ट अनुसार चिनियाँ राष्ट्रपतिले भनेका थिए, ‘अबको तीन महिनामा सम्म तपाईहरु त्यहाँ स्पेसमा बस्नुहुनेछ । तपाईहरु स्पेसमा काम गरिरहनुहुँदा तपाईहरु भने चिनियाँ नागरिकहरुको मनमा बस्नुहुनेछ ।’ नियको नेतृत्वमा रहेको मिसनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सञ्चालनमा ल्याउनु रहेको छ। 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६