close

अर्को वर्षदेखि आफैं चिपसेट उत्पादन गर्दै ह्वावे, तयार भयो फ्याक्ट्री

टेकपाना टेकपाना

असार १३, २०७८ १४:३७

अर्को वर्षदेखि आफैं चिपसेट उत्पादन गर्दै ह्वावे, तयार भयो फ्याक्ट्री

काठमाडौं । ह्वावेले आफ्नै चिपसेट निर्माण गर्ने विषय लामो समयदेखि चर्चामा रहँदै आएको छ । अमेरिकाले आफ्नो प्रविधि प्रयोगमा प्रतिबन्ध लगाएसँगै चिपसेटको अभाव खेपिरहेको ह्वावेले आफ्नै चिपसेट निर्माण गर्ने घाेषणा गरेकाे थियाे ।

तर, अब भने कम्पनीले आगामी वर्ष अर्थात सन् २०२२ काे सुरूवातदेखि चिपसेट उत्पादन सुरु गर्ने भएको छ । चिनियाँ सञ्चार माध्यमका अनुसार कम्पनीले चीनको उहान कम्पनीको पहिलो वाफर क्याब्रिगेसन उत्पादन कम्पनी निर्माणकाे काम सम्पन्न गरिसकेको छ ।

योसँगै अब ह्वावे चिपसेट निर्माणमा जुटेकाे देखिएको छ । अर्कोतर्फ ह्वावेको हाईसलिकिन चिप्स डिजाइन गर्ने सहायक कम्पनीले नयाँ चिपसेट निर्माणका लागि डिजाइनमा काम गरिरहेको पनि उल्लेख गरिएको छ ।

हालसम्म प्राप्त जानकारीअनुसार कम्पनीले पहिलो चरणमा अप्टिकल कम्युनिकेसन चिपसेट निर्माण गर्नेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५