close

महिलालाई अनलाइनमा थप सुरक्षा दिने फेसबुक, गुगल, टिकटक र ट्वीटरको वाचा

टेकपाना टेकपाना

असार १८, २०७८ १५:२४

महिलालाई अनलाइनमा थप सुरक्षा दिने फेसबुक, गुगल, टिकटक र ट्वीटरको वाचा

काठमाडौं । बिहीवार फ्रान्समा आयोजित यूएन जेनेरेसन समता मञ्चमा ट्वीटर, टिकटक, गुगल र फेसबुकले आफ्नो प्लेटफर्ममा महिलामाथि हुने दुर्व्यवहार रोक्न थप सुरक्षा दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वर्ल्ड वाइड वेब फाउन्डेसन (WWWF) ले अनलाइनमा आधारित लैङ्गिक हिंसा तथा दुर्व्यवहार कम गर्न गत वर्षदेखि सुरु गरेको परामर्शका क्रममा यस किसिमको प्रतिज्ञा आएको हो ।

डब्लूडब्लूडब्लूएफले परामर्शका क्रममा महिलाहरूले आफ्नो सामाजिक सञ्जालको पोस्टमा कसले कमेन्ट गर्न सक्ने वा रिप्लाई दिनसक्ने भन्ने विषयमा थप नियन्त्रण चाहने र अनलाइनमा कहाँ, कहिले र के हेर्ने भन्नेमा थप रोजाइ खोज्ने गरेको देखिएको छ ।  

सामाजिक सञ्जालमा महिलामाथि दुर्व्यवहार भएको नदेखिनुको अर्थ उनीहरूमाथि त्यस्तो केही भएको छैन भन्ने होइन । उनीहरूको अनलाइन स्पेसको सुरक्षा सुनिश्चित गर्नु प्लेटफर्मकै दायित्व हुन जान्छ ।

महिला तथा सिमान्तकृत मानिसहरूले दुर्व्यवहार विरुद्ध रिपोर्ट गर्नसक्ने र त्यसलाई तत्काल सम्बोधन गर्नुपर्ने संयन्त्रमा जोड दिइएको छ । तर डब्लूडब्लूडब्लूएफले ती प्लेटफर्मले कसरी त्यस किसिमको लक्ष्य सुनिश्चित गर्दैछन् भन्ने विषयमा चाहिँ केही खुलाएको छैन । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३