close

अनलाइनमा सुरक्षित पासवर्ड राख्न जान्नैपर्ने कुरा

टेकपाना टेकपाना

असार २०, २०७८ २०:८

अनलाइनमा सुरक्षित पासवर्ड राख्न जान्नैपर्ने कुरा

काठमाडौं । हामी विभिन्न सामाजिक सञ्जालका साथै अनलाइन प्लेटफर्ममा जोडिएका छौं । अझ पछिल्लो समय मोबाइल बैंकिङ, मोबाइल वालेटजस्ता बैंकिङ कारोबारसँग जोडिएका एपको प्रयोग बढ्दो छ । यस्ता एपलाई सुरक्षित राख्न अनिवार्य रुपमा पासवर्ड आवश्यक हुन्छ ।

यदि हामीले राख्ने पासवर्ड कमजोर भएको खण्डमा तपाईंको अकाउन्टमा अरुले नै पहुँच पाएर कारोबार गर्न सक्छ । सामाजिक सञ्जालको हकमा तपाईंलाई जानकारी लिएर त्यसलाई अवैध रुपमा प्रयोगमा ल्याउन सक्छन् । जसले तपाईंको व्यक्तिगत तथा सामाजिक जीवनमै पनि ठूलो असर पार्न सक्छ ।

त्यसैले पासवर्ड राख्ने र अझ भनौँ सुरक्षित रुपमा पासवर्ड राख्ने विषय आजको सबैभन्दा महत्वपूर्ण विषय हो । त्यसैले पनि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सुरक्षासँग सम्बन्धित महत्वपूर्ण जानकारी उपलब्ध गराउँदै आएको छ ।

प्राधिकरणले उपलब्ध गराएको सोही जानकारीका आधारमा यहाँ हामी तपाईंलाई आफूले राख्ने पासवर्डलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी दिँदै छौं ।

  • धेरै वटा पासवर्डहरु स्मरण गरेर राख्न सम्भव नहुने भएकाले विश्वासिलो तथा भरपर्दो Password Manager को प्रयोग गरेर आफ्नो पासवर्डहरु सुरक्षित राखौं ।
  • सकेसम्म offline password manager को प्रयोग गरौं र त्यसकाे एक प्रति अन्य उपकरणमा समेत नियमित Backup गरी राखौं ।
  • Online Password Manager को प्रयोग गर्नु पर्दा Two Factor Authentication वा Multi Factor Authentication को प्रयोग गरौं ।
  • Password Manager को लागि बलियो पासवर्ड (Strong Password) प्रयोग गरौं र उक्त पासवर्डलाई स्मरण गरी राखाैं । साथै, Password Recovery को लागि आफ्नो मोबाइल नम्बर वा इमेलको प्रयोग गरौं ।
  • Browser मा पासवर्डलाई Save गर्ने नगरौं Browser को Password Auto Save लाई Disable गरौं ।
  • धेरै वटा पासवर्डहरु स्मरण गरेर राख सम्भव नहुने भएकोले पासवर्डहरुलाई अरुले नबुझ्ने (Encryption) गरी समेत सुरक्षित साथ राख्न सकिन्छ ।
  • पासवर्डलाई आफ्नो ईमेलमा Store/Save नगरौं । साथै, कसैलाई पनि Share नगरौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३