काठमाडौं । चाहे अन्तरिक्षको क्षेत्रमा होस् या सवारी साधनको क्षेत्र, सामाजिक सञ्जालमा होस् वा विटक्वाइनको क्षेत्रमा, एलन मस्कको नाम चर्चामा छ । केही समयअघि मात्र संसारकै धनी व्यक्तिको रुपमा सूचित भएसँगै उनको विषयमा झनै चर्चा चुलिएको छ ।
योसँगे उनको व्यक्तिगत जीवनशैलीको विषयमा जान्न चाहनेको जमात पनि ठूलै छ । संसारकै धनी व्यक्ति मस्कको जीवनशैली भने त्यति ठूलो छैन ।
हालै उनले मंगल ग्रहको मिसनका लागि आफ्ना केही सम्पत्तिहरू पनि बेचेका छन् । यही जून महिनामा ५० वर्ष पुगेका मस्कले ट्वीट गर्दै बताएका थिए ।
My primary home is literally a ~$50k house in Boca Chica / Starbase that I rent from SpaceX. It’s kinda awesome though.
Only house I own is the events house in the Bay Area. If I sold it, the house would see less use, unless bought by a big family, which might happen some day.
उनी अहिले स्पेस एक्सको टेक्सासमा रहेको अन्तरिक्ष यान प्रक्षेपण गर्ने साइटमा ५० हजार अमेरिकी डलर, नेपाली रुपैयाँ करिब ५९ लाख तिरेर भाडामा बसिरहेका छन् । यद्यपि मस्कका प्रशंसकहरूको ब्लग टेस्लाराटी र ह्युस्टन क्रानिकलले भने मस्क ५० हजार डलर पर्ने बोक्जाबल नामक कम्पनीद्वारा निर्मित घरमा बस्ने कुरा हल्ला मात्रै हो भनेर दाबी गरेका छन् ।
यस विषयमा मस्कको कुनै धारणा बाहिर ल्याएका छैनन् । बोक्जाबलका सहसंस्थापक ग्यालियानो टिरामानीले पनि यस विषयमा कुनै प्रतिकृया दिएका छैनन् । ग्यालियानो र उनको बुवा पाउलो टिरामनीको यस कम्पनीले सन् २०१७ देखि जहाँ पनि बोकेर हिँड्न मिल्ने घरहरू बनाउँछ ।
मस्को विषयमा ग्यालियानोले केही बताउन नचाहे पनि उनीद्वारा निर्मित पोर्टेबल घर स्पेसएक्सको टेक्सासमा रहेको अन्तरिक्षयान प्रक्षेपण गर्ने साइटमा देखिइएको छ ।
आफ्नो मंगल ग्रहको मिसनको लागि सबै सम्पत्ति पनि गुमाउन तयार बताउने मस्कले आफ्ना घरजग्गा पछिल्लो समयमा बेचिरहेका छन् । गत मे महिनामा ट्वीट गर्दै उनले बताएका थिए, ‘म मेरा सबै भौतिक सम्पत्तिहरू बेच्दै छु । मसँग आफ्नो कुनै घर पनि हुने छैन ।’