close

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी खेलाउने १८ वर्षीय किशोर पक्राउ

टेकपाना टेकपाना

असार २४, २०७८ १८:२२

युरोकप र कोपा अमेरिका फुटबलमा सट्टेबाजी खेलाउने १८ वर्षीय किशोर पक्राउ

काठमाडौं । प्रहरीले युरोपमा जारी युरोकप २०२० र र दक्षिण अमेरिकामा भइरहेको कोपा अमेरिका फुटबल खेलमा सट्टेबाजी खेलाउने एक जनालाई पक्राउ गरेको छ । अनलाइनमा सट्टेबाजी खेलाउने पोखरा महानगरपालिका- २७ तालचोक बस्ने १८ वर्षीय किशोरलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।

उक्त खेलहरूमा सट्टेबाजी भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भाइबर, ह्वाट्सएप जस्ता अनलाइनका माध्यमबाट सट्टेबाजी गरिरहेको अवस्थामा उनलाई फेला पारेको थियो । ती किशोर पोखरा लेकसाइडस्थित होटलबाट पक्राउ परेका हुन् ।

उनी विरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तरगत सट्टेबाजी गर्न नहुने कसूरमा ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३