close

गुगल मिटको निःशुल्क अनलिमिटेड सुविधा बन्द हुँदै

टेकपाना टेकपाना

असार २९, २०७८ २१:४६

गुगल मिटको निःशुल्क अनलिमिटेड सुविधा बन्द हुँदै

काठमाडौं । यदि तपाईं गुगलको भिडिओ कन्फ्रेन्सिङ प्लेटफर्म गुगल मिट निःशुल्क रुपमा गर्नुहुन्छ भने तपाईंका लागि निराशाजनक खबर छ । गुगल मिटले अब अनलिमिटेड कल निःशुल्क रुपमा दिने छैन ।

गुगलले तीन वा तीन जनाभन्दा बढी व्यक्तिहरूबीच हुने भिडिओ कन्फ्रेन्सिङमाथि ६० मिनेटको सीमा लगाएको छ । यसको अर्थ यदि तपाई फ्रि जिमेल अकाउन्टबाट गुगल मिटको प्रयोग गरी भर्चुअल मिटिङ बस्नुहुन्छ भने तपाईंको कल एक घण्टा पुगेसँगै समाप्त हुनेछ ।

गुगलका अनुसार ५५ मिनेट पुरा भएसँगै सबै सहभागीहरूलाई कल समाप्त हुन  लागेको भन्दै एउटा नोटिफिकेसन जानेछ । कलको अवधि बढाउनका लागि होस्टले आफ्नो अकाउन्टलाई अपग्रेट गर्न सक्ने कम्पनीले जनाएको छ ।

यद्यपि गुगलले फ्रि अकाउन्टका लागि एक अर्काबीच अर्थात दुई जनाबीच हुने कुराकानीलाई भने २४ घण्टासम्मको सपोर्टलाई जारी राख्नेछ । इन्टरनेट सर्चको दिग्गज कम्पनी गुगलले पछिल्ला केही महिनादेखि २४ घण्टासम्म निःशुल्क भिडिओ कन्फ्रेन्सिङ सुविधा दिँदै आएको छ ।

गुगलले २०२० को अप्रिलमा आफ्नो मिट सेवा सबै प्रयोगकर्ताका लागि ३० सेप्टेम्बर २०२० सम्म निःशुल्क हुने बताएको घोषणा गरेको थियो । तर पछि यो सीमा बढेर ३१ मार्च २०२१ सम्म थपियो । त्यसपछि पनि पुनः समयसीमा परिवर्तन गर्दै कम्पनीले २०२१ को जुनसम्म विस्तार गरेको हो ।

यद्यपि २० घण्टासम्मका लागि निःशुल्क रुपमा उपलब्ध कन्फ्रेन्सिङ सुविधा माथि सीमा लगाउने विषयमा गुगलले औपचारिक घोषणा गरिसकेको छैन । तर हालै जिमेलमा वर्कस्पेसलाई जोडेको गुगलले त्यससँगै अब गुगल मिटको कन्फ्रेन्सिङमा सब्सक्रिप्सन लागु गर्ने योजना बनाएको हुनसक्छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३