काठमाडौं । स्मार्ट सेलले अन्तर्राष्ट्रिय कलमा ३० प्रतिशत छुट दिने भएको छ । उपभोक्तालाई अन्तर्राष्ट्रिय कलमा थप सुविधा दिने उद्देश्यले यो सुविधा सुचारु गरेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार हाललाई यो छुट भारत, चीन, दक्षिण कोरिया, अष्ट्रेलिया, बेलायत, अमेरिका र क्यानाडामा लागू हुनेछ ।
स्मार्ट सेलबाट कहाँ कल गर्दा कति लाग्छ ?
| देश | कल रेट | देश | कल रेट |
| भारत | रु २.८९ | भुटान | रु ७ |
| चीन | रु ३.९९ | श्रीलंका | रु १५ |
| दक्षिण कोरिया | रु ४.९९ | फिलिपिन्स | रु १५ |
| अमेरिका / क्यानडा | रु १.९९ | सिंगापुर | रु ४ |
| बंगलादेश | रु ३.९९ | न्युजिल्यान्ड | रु ६ |
| अष्ट्रेलिया | रु ५.९९ | थाइल्याण्ड | रु ८ |
| बेलायत | रु ४.९९ | भियतनाम | रु ७ |
| जापान | रु ४.९९ | म्यानमार | रु २० |
स्मार्ट सेलका ग्राहकहरूले *१४१*८*१*१# डायल गरेर अन्तर्राष्ट्रिय कलमा छुट एक्टिभेट गर्न सक्नेछन् ।
पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१
