close

सरकारी कर्मचारीले ६० दिनभित्र अनलाइनबाट सम्पत्ति विवरण पेश गर्नुपर्ने

टेकपाना टेकपाना

साउन १, २०७८ ९:५८

सरकारी कर्मचारीले ६० दिनभित्र अनलाइनबाट सम्पत्ति विवरण पेश गर्नुपर्ने

काठमाडौं । सरकारले सार्वजनिक पद धारण गरेका पदाधिकारी र कर्मचारीलाई अनलाइनबाट सम्पत्ति विवरण बुझाउन समयसीमा दिएको छ ।

राष्ट्रिय सतर्कता केन्द्रले एक सूचना जारी गर्दै सार्वजनिक पद धारण गरेको मितिले ३० दिनभित्र र त्यसपछि हरेक आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र (भदाै २८ भित्र) आफ्नो वा आफ्नो परिवारको सम्पत्ति विवरण अनलाइनबाट बुझाउन निर्देशन दिएको हो ।

यसका लागि केन्द्रले अघिल्ला आवमा जस्तै चालु आवमा समेत अनलाइन सफ्टवेयर सञ्चालन गरेको छ ।

केन्द्रको वेबसाइटमा गई सम्पत्ति विवरण अनलाइन दर्तामा क्लिक गर्ने र अघिल्लो आवकै युजर नेम र पासवर्ड प्रयोग गरी सम्पत्ति विवरण प्रविष्टि गर्न सकिने व्यवस्था ल्याइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१