close

अमेजनबाट हालसम्म कुनै सामान नकिनेका यी व्यक्ति, जो जेफ बेजोससँगै अन्तरिक्ष पुगेर आए

टेकपाना टेकपाना

साउन ९, २०७८ १३:५०

अमेजनबाट हालसम्म कुनै सामान नकिनेका यी व्यक्ति, जो जेफ बेजोससँगै अन्तरिक्ष पुगेर आए

काठमाडौं । अमेजनका संस्थापक जेफ बेजोस गत मंगलबार तीन लाख ५१ हजार २१० फिटमाथि अन्तरिक्षमा पुगेर फर्किए । आफ्नो अन्तरिक्ष प्रविधि कम्पनी ब्लु ओरिजिनको उडानमा गएका बजोस करिब १० मिनेटपश्चात पृथ्वीमा फर्किएका थिए ।

उनको टोलीमा १८ वर्षीय किशोर ओलिभर डेइमेन र ८२ वर्षीय महिला वाल्ली फंकसमेत अन्तरिक्ष यात्रामा सँगै गएका थिए । यससँगै डेइमेन अन्तरिक्षमा जाने अहिलेसम्मकै कान्छा र फंक सबैभन्दा वृद्ध महिला बन्न सफल भए । साथै उक्त यात्रामा बजोसका भाइ मार्क बेजोस पनि सहभागी थिए । कुल ६ जना यात्री सवार उक्त उडानमा दुई जना क्रु मेम्बर थिए ।

उक्त यात्राका लागि बेजोसले यसअघि पब्लिक अक्सनसमेत गराएका थिए । जसबाट डेइमेन २८ मिलियन डलर तिरेर बेजोससँगै अन्तरिक्ष यात्रामा गएका हुन् । २८ मिलियन डलर तिरेर यात्रामा जाने उनै डेइमनसँगको एउटा तथ्य सार्वजनिक भएको छ ।

डेइमनले आफूले आजसम्म पनि अमेजनबाट कुनै पनि सामग्री खरिद नगरेका खुलाएका छन् । ‘मैले अमेजनबाट कुनै सामान मगाएको छैन,’ उनले भने,‘ यसले यतिबेला मलाई बेजोसका अगाडि असहज महसुस भएको छ ।’

तर, उनले यो विषयमा बेजोसलाई भने सुनाएका थिए । जसमा बेजोसले ‘ओ वाउ, मैले धेरै समयपश्चात कसैले अमेजनबाट सामान खरिद गरेको छैन भन्ने सुनें ।’ बजोसको यो जवाफले झन असहज गरेको बनाएको डेइमनले बताएका छन् ।

-एजेन्सी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५