काठमाडौं । अमेजनले आफ्ना केही पुराना किन्डल ई-रिडरहरूले इन्टरनेट कनेक्सन गुमाउने जानकारी दिएकाे छ । याेसँगै त्यस्ता पाठक नयाँ किताबहरू डाउनलोड गरी पढ्नबाट वञ्चित हुनेछन् ।
कम्पनीका अनुसार पहिलो र दोस्रो पुस्ताकाे किन्डलमा वाईफाई फिचरसमेत उपलब्ध छैन । माेबाइल इन्टरनेट मात्रै उपलब्ध रहेको उक्त किन्डलले टुजी र थ्रिजी सपोर्ट गर्छ ।
तर, अब कम्पनीले त्यसमा समेत इन्टरनेट सपाेर्ट उपलब्ध नगराउने भएको हो । त्यतिमात्रै नभएर कतिपय देशमा टुजी र थ्रिजी विस्तारै फेजआउट हुँदै गएको छ । विशेषगरी अमेरिकामा टुजी, थ्रिजी फेजआउट भइसकेको छ ।
यस्तोमा त्यसै पनि यस्ता डिभाइसमा इन्टरनेट बन्द हुनेछ । कम्पनीका अनुसार पहिलो र दोस्रो जेनरेशनको किन्डलमा मात्रै नभएर थप केही मोडलमा समेत इन्टरनेट कनेक्सन बन्द हुनसक्ने छ । त्यसमा सन् २०१६ मा जारी गरिएका मोडलहरू समेत समावेश हुनसक्ने जनाइएको छ ।