close

ड्राइभिङ लाइसेन्सको ट्रायल र अनलाइन आवेदन खुलाउने तयारी

टेकपाना टेकपाना

साउन १९, २०७८ १६:५०

ड्राइभिङ लाइसेन्सको ट्रायल र अनलाइन आवेदन खुलाउने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी लाइसेन्सको ट्रायल परीक्षा र आवेदन खुलाउने तयारी गरेको छ । कोरोना महामारीका कारण गत वैशाखदेखि रोकिएको ट्रायल र आवेदन साउनको अन्तिम हप्ता वा भदौको पहिलो सातादेखि पुनः सुचारू गर्ने तयारी विभागको छ ।

विभागले गत आइतबार मातहतका कार्यालयसँग छलफलसमेत गरेको थियो । पछिल्लो पटक विद्यालय, विश्वविद्यालयको परीक्षा धमाधम सुरू भएपछि विभागले सवारी लाइसेन्सको ट्रायल र आवेदन खुलाउने तयारी गरेको हो ।

यसअघि विभागले गत वर्ष भएको लकडाउन र निषेधाज्ञाका कारण झण्डै १० महिनासम्म सवारी चालक अनुमति पत्रको आवेदन र परीक्षा रोकेको थियो ।

यसपछि खुलाइएको अनलाइन आवेदन प्रणालीमा लाखाैं सेवाग्राहीले आवेदन दिएका थिए । यहीकारण विभागको अनलाइन पोर्टल पटक पटक डाउन भएको थियो ।

ड्राइभिङ लाइसेन्सको अनलाइन आवेदन दिएका सेवाग्राहीले १० महिनापछि परीक्षाको पालो पाए पनि वैशाखमा पुनः अनलाइन आवेदन प्रणाली बन्द हुँदा अब थप सेवाग्राहीको चाप बढ्ने देखिन्छ ।

याे पनि पढ्नुहाेस् : अब क्यूआर कोडसहितको छुट्टै ड्राइभिङ लाइसेन्स

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१