close

वृद्धवृद्धा र अशक्तका लागि ललितपुरमा निःशुल्क विद्युतीय बस सेवा

टेकपाना टेकपाना

साउन २१, २०७८ ८:४८

वृद्धवृद्धा र अशक्तका लागि ललितपुरमा निःशुल्क विद्युतीय बस सेवा

काठमाडौं । ललितपुर महानगरपालिकाले वृद्धवृद्धा, अपांगता भएका र अशक्त व्यक्तिलाई लक्षित गर्दै निःशुल्क विद्युतीय बस सञ्चालनमा ल्याएको छ । महानगरको ३ नम्बर वडा कार्यालयले पाटनढोका – झम्सिखेल-सानेपा-चक्रपथ सुन्दरीघाट कीर्तिपुर रुटमा चल्ने गरी हाल एउटा बसबाट सेवा सुरु गरेको हो ।

आवश्यकताअनुसार बस थप गर्ने योजनासमेत रहेको वडा कार्यालयले जनाएको छ ।  सर्वसाधारणलाई कार्यालय धाउन समस्या देखिएपछि यस किसिमको सेवा सुरु गरिएको वडाध्यक्ष श्रीगोपाल महर्जनले बताए ।

दैनिक आवश्यकताअनुसार उक्त बसले तीनचार पटकसम्म रुटमा परिक्रमा गर्नेछ । रुट पायक पर्ने वडावासी सबैले यो बस चढ्न सक्नेछन् । वडा कार्यालयले घरधनी परिचयपत्रसमेत वितरण गरेको छ ।

सोही परिचयपत्रका आधारमा परिवारका अन्य सदस्यले पनि बस सेवा लिन सक्ने बताइएको छ । यो विद्युतीय बस सेवा भदौ १ देखि नियमित रूपमा सञ्चालनमा आउनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१