close

अब अमेरिकी जहाजमा उड्दा निःशुल्क टिकटक हेर्न पाइने

टेकपाना टेकपाना

साउन २१, २०७८ १८:२५

अब अमेरिकी जहाजमा उड्दा निःशुल्क टिकटक हेर्न पाइने

काठमाडौं । केही अमेरिकन एयरलाइन्सले निःशुल्क टिकटक हेर्ने सुविधा दिन थालेका छन् । कम्पनीले प्रकाशित गरेको प्रेस विज्ञप्ति अनुसार हवाई यात्रुहरूले ३० मिनेटसम्म टिकटक एप निःशुल्क चलाउन पाउने भएका हुन् ।

यस अवधिमा उनीहरुले नयाँ लामो समय अवधिका १० वटा टिकटक भिडिओ हेर्न पाउनेछन् । यदि तपाईंले यस अघि नै एप इन्स्टल गर्नु भएको छैन भने हावामा उड्दाको समयमा एप समेत निःशुल्क डाउनलोड गर्न सक्नुहुनेछ ।

महामारीका कारण थुप्रै यात्रुहरूको संख्या घट्न थालेपछि एयरलाइन्सहरूले उनीहरूको ध्यान आकर्षित गर्ने प्रयासको रुपमा टिकटक उपलब्ध गराउन थालेका हुन् । अमेरिकन एयरलाइन्सले हालै मात्र यात्रुहरुका लागि उडानको समयमा निःशुल्क फेसबुक म्यासेञ्जर प्रयोग गर्न पाउने सुविधा दिन थालेको छ ।

प्रेस विज्ञप्ति अनुसार यो प्रमोसन ट्रायलको रुपमा सुरु गरिएको हो । सिनेटको रिपोर्टअनुसार यो ट्रायल कति लामो अवधिसम्मका लागि चल्छ भन्ने कुरा ग्राहकको प्रतिक्रियामा निर्भर हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१