close

आविष्कार केन्द्रलाई बैंकले नपत्याएपछी ऋण दिन महाबीरको आग्रह

टेकपाना टेकपाना

पुस १, २०७६ ११:१२

आविष्कार केन्द्रलाई बैंकले नपत्याएपछी ऋण दिन महाबीरको आग्रह

विकास अभियान्ता महाबीर पुनले आफुलाई सरकार तथा बैंकले नपत्याएको भन्दै आफ्नो फेसबुक तथा ट्वीटरमार्फत ऋणका लागि आग्रहक गरेका छन् । उनले सामुदायिक पर्यटन र राष्ट्रिय आविष्कार केन्द्रका लागी सामान बनाउने कारखाना निर्माणकालागि तीन करोड आवश्यक भएको भन्दै उक्त रकम ऋणको रुपमा उपलब्ध गराउन सबैलाई आग्रहक गरेका छन् ।

‘विश्वासको भरमा ४ प्रतिशत ब्याज दरमा मेरो नाममा तीन वर्षको लागि ऋण दिने नरम हृदय भएको अमेरिका, क्यानाडा, युरोप, जापान, अस्ट्रेलिया र अन्य देशमा बस्ने कोहि नेपाली अथवा समुह हुनुहुन्छ ?’, उनले आफ्नो फेसबुक वालमा लेखेका छन, ‘यो ऋण मैले दुई ओटा महत्वपुर्ण कामको लागि खोजेको हुँ । करिब ३ करोड चाहिएको छ । एउटैले सबै रकम ऋण दिनु पर्छ भन्ने होइन । सकेको ५, १०, २० लाख दिए पनि हुन्छ ।’

उनले ऋण खोजेको दुई परियोजनामा पहिलो सामुदायिक पर्यटन रेहको छ । दुर्गम ग्रामिण समुदायलाई मात्र फाइदा दिने मोडेलको सामुदायिक पर्यटन विकासको लागि एक करोड ऋण आवश्यक परेको बताएका छन् । उनका अनुसार सामुदायिक पर्यटन विकासको काम आंशिक रुपमा विगत १० बर्ष देखी चलीरहेको भएतापनि यसको विस्तारकालागि लगानी चाहीएको हो ।

‘यसको लागि नेपाल सरकार र बैंकहरुसँग सहयोग लिने प्रयास गरियो तर कुनै सहयोग नपाए पछि ऋण खोज्दैछु’, उनले लेखेका छन, ‘दोश्रो परियोजना कारखाना हो । राष्ट्रिय आविष्कार केन्द्रको लागी एउटा सानो स्केलको ‘सामान बनाउने कारखाना’ निर्माण गर्न जरुरी छ । आविष्कार केन्द्रमा सफलतापुर्बक अनुसन्धान भएका बस्तुहरुलाई सानो स्केलमा उत्पादन गरी बजारमा बेच्न र बजार परिक्षण गर्नको लागि यस्तो प्लान्ट चाहिएको हो । जसका लागि दुई करोड लगानी आवश्यक छ ।’

उनले ४ प्रतिशत ब्याज दरमा पैसा दिन कोही इच्छुक भएको खण्डमा आफ्नो इमेल ‘’ मा सम्पर्क गर्न समेत आग्रह गरेका छन् । अन्तीममा उनले लेखेका छन, ‘यसो गर्नु भयो भने देशको उद्दार हुनेछ ।’

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३