close

जनवरीदेखि पुनः रोमिङ चार्ज लिँदै भोडाफोन

टेकपाना टेकपाना

साउन २६, २०७८ १०:१८

जनवरीदेखि पुनः रोमिङ चार्ज लिँदै भोडाफोन

काठमाडौं । भोडाफोन युरोप भ्रमण गर्ने प्रयोगकर्ताका लागि रोमिङ चार्ज पुन: सुचारु गर्ने बेलायतको दोस्रो कम्पनी बनेको छ । सन् २०२२ काे जनवरीदेखि भोडाफोनका नयाँ ग्राहक अथवा पुरानै सिम अपग्रेड गरेका ग्राहकले युरोपेली गन्तव्यमा भर्मण गर्दा प्रतिदिन कम्तिमा एक पाउन्ड अर्थात १६४ रुपैयाँ तिर्नुपर्ने भएकाे छ ।

बेलायती मोबाइल नेटवर्क ईई लिमटेडले जुनमा रोमिङ चार्ज लिने घोषणा गरेसँगै भोडाफोनले पनि यस्तो घोषणा गरेको हो । योभन्दा अगाडि सबै मोबाइल अपरेटरहरूले रोमिङ चार्ज पुन: सुचारु नगर्ने बताएका थिए ।

कम्पनीका अनुसार नयाँ र अपग्रेड भएका ग्राहकका लागि सेवा सुविधा अगस्ट ११ देखि नै परिवर्तन हुनेछ, तर रोमिङ चार्ज भने जनवरीबाट लागू हुनेछ ।

जनवरीबाट ग्राहकहरूले रोमिङको सुविधा प्रतिदिनको एक पाउन्डमा लिन आठ दिन अथवा १५ दिनको प्याकेज प्रयोग गर्न सक्नेछन् ।

यदि एक दिनको मात्र प्याकेज लिने हो भने ग्राहकले दुई पाउन्ड तिर्नुपर्ने हुन्छ । सन् २०१७ देखि बेलायती ग्राहकहरूले युरोप भ्रमणमा पनि नि:शुल्क आफ्नै सिम प्रयोग गरिरहेका थिए ।

तर सन् २०२० को डिसेम्बरमा युरोपियन व्यापार सम्झौता भएसँगै अब मोबाइल कम्पनीहरूले फेरि रोमिङ चार्ज लिन लागेका हुन् । 

-बीबीसी

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३