close

प्रति ग्राहक १०० का दरले कर तिर्न इन्टरनेट सेवाप्रदायकलाई भक्तपुर नगरपालिकाको अन्तिम म्याद

टेकपाना टेकपाना

साउन २८, २०७८ ९:२४

प्रति ग्राहक १०० का दरले कर तिर्न इन्टरनेट सेवाप्रदायकलाई भक्तपुर नगरपालिकाको अन्तिम म्याद

काठमाडौं । भक्तपुर नगरपालिकाकाले नगर क्षेत्रमा व्यवसाय गर्दै आएका केबल टिभी र इन्टरनेट सेवाप्रदायकलाई प्रति ग्राहक १०० रुपैयाँका दरले कर बुझाउन सात दिने म्याद दिएको छ ।

गत साउन २२ गते इन्टरनेट सेवाप्रदायकहरुको नाममा पत्र लेख्दै नगरपालिकाले आ.व. २०७८/०७९ सम्मको वार्षिक व्यवसाय कर तथा कारोबारमा लाग्ने शुल्क (ग्राहकको संख्याको आधारमा प्रति ग्राहक रु. १०० का दरले) ७ दिनभित्र नगरपालिकाकामा बुझाउन पत्र काटेको थियो ।

शुक्रबारसम्म कर दाखिला नगर्ने सेवाप्रदायकलाई हर्जना तिराउने नगरपालिका स्रोतले बताएको छ । नगरपालिकाकले गत आर्थिक वर्षदेखि ग्राहक संख्याका आधारमा सय रुपैयाँका दरले कर उठाउने निर्णय गरेको थियो ।

नगरपालिकाले कर बुझाउन जारी गरेको सात दिने म्याद सहितको उर्दी संविधान विपरित रहेको जानकारहरू बताउँछन् । नेपालको संविधान २०७२ को अनुसूची ५, ६, ७, ८ र ९ मा संघ, प्रदेश र स्थानीय तहको अधिकार सूची दिइएको छ ।

जसमा दूरसञ्चार, रेडियो फ्रिक्वेन्सी बाँडफाँड, रेडियो, टेलिभिजन र हुलाक संघको अधिकारभित्र राखिएको छ ।

याे पनि पढ्नुहाेस् : संविधान विपरित इन्टरनेटमा प्रति ग्राहक १०० रुपैयाँ कर असुल्दै भक्तपुर नगरपालिका

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३