close

ओप्पोले ल्यायो नयाँ पुस्ताको अन्डर डिस्प्ले क्यामेरा, फुल स्क्रिनको मज्जा लिन पाइने

टेकपाना टेकपाना

साउन २८, २०७८ १६:६

ओप्पोले ल्यायो नयाँ पुस्ताको अन्डर डिस्प्ले क्यामेरा, फुल स्क्रिनको मज्जा लिन पाइने

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ओप्पोले स्मार्टफोनलाई लक्षित गर्दै आफ्नो नेक्स्ट-जेनरेशन अन्डर डिस्प्ले क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ ।

कम्पनीले हार्डवेयर र एआई अल्गोरिदमको संयुक्त प्रयोगमार्फत नयाँ अन्डर-डिस्प्ले क्यामेरा निर्माण गरेको हो ।

योसँगै फ्रण्ट फेसिङ क्यामेरा अब स्मार्टफोनको डिस्प्लेभित्र प्रयोग हुनेछ । योसँगै ओप्पो प्रयोगकर्ताले फुल स्क्रिनको मज्जा लिन पाउने कम्पनीले जनाएको छ ।

त्यतिमात्र नभएर प्रयोगकर्तालाई स्क्रिनको गुणस्तर र क्यामेराबाट लिन फोटोको गुणस्तरमा समेत उत्कृष्ट अनुभव प्रदान गर्नेछ ।

कम्पनीका अनुसार नयाँ अन्डर-स्क्रिन क्यामेराले यसअघि देखिएका प्राविधिक तथा उत्पादनसँग सम्बन्धित समस्याको अन्त्य गरिदिने दाबी कम्पनीको छ ।

हाल फ्रन्ट क्यामेराका कारण मोबाइलमा भिडियो तथा फोटो हेर्दा क्यामेरा भएको भागमा काटिने खालको समस्या रहेको छ । तर, नयाँ अन्डर स्क्रिन क्यामेरा प्रविधिले फुल स्क्रिन अनुभवलाई नयाँ उचाई प्रदान गर्ने उल्लेख गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१