close

मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रियस्तरको वर्कशप हुँदै, यसरी बन्नुहाेस् सहभागी

टेकपाना टेकपाना

भदौ १, २०७८ १६:९

मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रियस्तरको वर्कशप हुँदै, यसरी बन्नुहाेस् सहभागी

काठमाडाैं । मसिन लर्निङ र डेटा साइन्समा राष्ट्रियस्तरको वर्कशप हुने भएकाे छ । मसिन लर्निङ एण्ड डेटा साइन्स नेटवर्क र माउनटेक सोलुसन प्राइभेट लिमिटेडको संयुक्त आयोजनामा भदाै ३० देखि असाेज ३ गतेसम्म चौंथो ‘नेसनल वर्कशप अन मसिन लर्निङ एण्ड डेटा साइन्स’ आयोजना हुने भएको हाे ।

कार्यक्रममा मसिन लर्निङ र डेटा साइन्सका विषयमा विभिन्न तालिम र प्रोजेक्ट सेसनहरू रहनेछन् । त्यस्तै मसिन लर्निङ, डेटा साइन्स र आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित विश्वभरका स्पिकरहरूको विभिन्न अनुसन्धनात्मक प्रस्तुति रहनेछ ।

कार्यक्रमको अर्को मुख्य आकर्षणका रुपमा नेपालमा मसिन लर्निङ र डेटा साइन्सको अवसर र चुनौतीको विषयमा विभिन्न विज्ञ र व्यवसायीबीच छलफल रहनेछ ।

आयोजकका अनुसार कार्यक्रममा सहभागी हुन प्रतिव्यक्ति पाँच सय रूपैयाँ शुल्क लाग्नेछ ।

कार्यक्रमको शैक्षिक साझेदार संस्थाका रुपमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ संस्थान, काठमाडौं विश्वविद्यालय अन्तर्गतको कम्प्युटर विज्ञान तथा सूचना प्रविधि विभाग र नेपाल खुला विश्वविद्यालय रहेका छन् ।

कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१