close

महिलाका लागि ग्राफिक डिजाइन प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

भदौ ३, २०७८ १३:४७

महिलाका लागि ग्राफिक डिजाइन प्रतियोगिता हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । सूचना प्रविधिमा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राफिक्स डिजाइन प्रतियोगिता आयोजना भएको छ । अन्तर्राष्ट्रिय महिला सूचना तथा सञ्चार प्रविधि दिवसका अवसर पारी गत अप्रिलबाट कार्यक्रम अघि बढेको हो ।

कोराेनाका कारण बीचमा राेकिएकाे यस कार्यक्रम पुन: सञ्चालनमा ल्याइएको आयोजक संस्ठा ‘वुमन इन आईटी’ले जनाएको छ ।

यस प्रतियोगितामा ‘प्रोमोटिङ ग्लर्स इन आईसीटी’ विषयमा रहेर ग्राफिक डिजाइन गर्न सकिने छ । जसअन्तर्गत २२ वर्षसम्मका छात्राहरू सहभागी हुन पाउनेछन् ।

डिजाइनको साइज (एसपेक्ट रेसियो ६४० गुणा ४८० पिक्सेल) तोकिएको छ । त्यस्तै रेजाेलुसन ३०० रेस/डीपीआई सम्मको हुनुपर्ने छ । फाइल साइज ८ एमबीभन्दा कम साइजको हुनुपर्नेछ । 

यसरी तयार पारिएको डिजाइन यहाँ क्लिक गरी आवेदन दिन सकिने छ । त्यसरी आवेदन दिँदा सहभागीहरूले विद्यार्थी परिचयपत्र वा नागरिकताको प्रतिलिपि बुझाउनुपर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार यो प्रतियोगितामा आगामी ८ सेप्टेम्बरसम्म सहभागी हुन सकिनेछ । उत्कृष्ट डिजाइनलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१