close

बनेपामा पनि डिशहोमको फाइबर नेट, देशका यी ठाउँमा पुग्यो सेवा

टेकपाना टेकपाना

भदौ ३, २०७८ १६:७

बनेपामा पनि डिशहोमको फाइबर नेट, देशका यी ठाउँमा पुग्यो सेवा

काठमाडौं । डिशहोम फाइबरनेट सेवा बनेपामा समेत पुगेको छ । आक्रामक रुपमा बजार विस्तारमा जुटेको कम्पनीले आफ्नो इन्टरनेट सेवा बनेपाका विभिन्न स्थानमा विस्तार गरेको हो ।

काठमाडौं, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, धरान, ढल्केबर, जनकपुर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको छ ।

छिट्टै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, विरगञ्ज लगायत अन्य स्थानमा पनि फाइबरनेट विस्तार गर्ने कम्पनीकाे याेजना छ ।

डिशहोमको फाइबरनेट जोड्दा प्रयोगकर्ताले आईपी टिभी, डिशहोम गोको मोबाइल एप र वेब साथै एक्सभीओडी सेवा नि: शुल्क रुपमा प्रयोग गर्न पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१