close

डिशहोममा गाभियो प्रभु डिजिटल, अब टिभी र इन्टरनेट एउटै ब्राण्डमा

टेकपाना टेकपाना

भदौ ४, २०७८ १०:३३

डिशहोममा गाभियो प्रभु डिजिटल, अब टिभी र इन्टरनेट एउटै ब्राण्डमा

काठमाडौं । डिशहोम र प्रभु टिभी एक आपसमा गाभिएका छन् । डाइरेक्ट टु दी होम (डीटीएच) तथा डिजिटल टेलिभिजन सेवा उपलब्ध गराउँदै आएका यी दुई कम्पनी मर्ज भई एउटै ब्राण्ड डिशहोमको रुपमा सेवा प्रदान गर्ने भएका हुन् ।

टेलिभिजन सेवामात्रै नभएर इन्टरनेट सेवा समेत एउटैमा गाभिएर डिशहोम इन्टरनेटको रुपमा अब सेवा उपलब्ध हुनेछ । यी दुबै कम्पनीले गत वर्षबाट इन्टरनेट सेवा समेत उपलब्ध गराउने थालेका छन् । यस्तोमा टेलिभिजन र इन्टरनेट दुबै सेवा एउटै कम्पनीमार्फत उपलब्ध गराउने गरी सम्झौतापत्रमा हस्ताक्षर भइसकेको डिशहोमका प्रवन्ध निर्देशक सुदिप आचार्यले बताएका छन् ।

‘आचार्यका गाभिने निर्णय भइ सम्झौतामा पत्रमा हस्ताक्षरको काम सम्पन्न भइसकेको छ,’ आचार्यले भने, ‘कम्पनी नै गाभिने भन्दा पनि प्रभुको सम्पत्ती खरिद गर्ने निर्णय भएको हो । यसको अर्थ कम्पनी बाँकी रहने छ तर कम्पनीको सेवा भने डिशहोममा माइग्रेसन हुनेछन् । यसको लागि कम्पनी रजिस्टार कार्यालयको काममात्रै बाँकी हरको अहिलेको अवस्थामा सेवा माइग्रेसनको प्रक्रिया भने अघि बढिसकेको छ ।’

आचार्यका अनुसार प्रभु टेलिभिजनका झन्डै एक लाख २५ हजारको हाराहारीमा ग्राहक रहेका छन् । भने इन्टरनेटतर्फ १० हजारको हाराहारीमा प्रयोगकर्ता रहेका छन् । उक्त ग्राहक माइग्रेसनको काम समेत अन्तिम चरणमा पुगी सकेको छ । अबको केही समयमा माइग्रेसनको काम सम्पन्न हुने र पूर्ण रुपमा डिशहोमका नामबाट सेवा प्रदान गरिनेछ ।


टेलिभिजनतर्फ ग्राहकले सेवा माइग्रेसनको क्रममा डिशहोम, आईपीटीभी, केबल टिभी, टेरेस्टियलमा आधारित टिभी जुनसुकै छनोट गर्न सक्ने सुविधा हामीले दिएका छौं । अचार्यले भने, ‘हाल प्रभुले आईपीटीभी र टेरेस्टियलमा आधारित टिभी सेवा उपलब्ध गराइरहेकाले ग्राहकले त्यही प्रयोग गर्छुभन्दा पनि पाउने व्यवस्था गरी हामीले माइग्रेसनको काम गरिरहेका छौं ।’
 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१