close

विश्वको पहिलो वायरलेस ओएलईडी टिभी तयार, के के छन् फिचर ?

टेकपाना टेकपाना

पुस २४, २०७९ १०:९

विश्वको पहिलो वायरलेस ओएलईडी टिभी तयार, के के छन् फिचर ?

काठमाडौं । विश्वकै पहिलो वायरलेस टेलिभिजन तयार भएको छ । एलजी लगायत विभिन्न ठूला कम्पनीहरूले वायरलेस टिभी तयार गरिरहेको छ । यसैबिच डिसप्लेस नामक ब्रान्डको पूर्ण रुपमा वायरलेस टिभी सार्वजनिक भएको छ । कम्पनीले ५५ इन्चको फोरके ओएलईडी वायरलेस टिभी सार्वजनिक गरेको हो । 

हुन त एलजीले पनि ९७ इन्चको वायरलेस टिभी सार्वजनिक गरेको छ । तर सो टिभी पूर्ण रुपमा वायरलेस भने छैन । डिसप्लेसको टिभीमा भने पावर केबलसम्म पनि प्रयोग गर्नुपर्दैन, जुन एलजीको टिभीमा अनिवार्य छ । 
यो टिभीको डिस्प्ले चारओटा लिथियम आयोन ब्याट्रीहरू प्रयोग गरेर तयार गरिएको छ । यसको अर्थ हो, यो टिभीलाई कुनै केबलको माध्यमबाट नभइ ब्याट्री चार्ज गरेर प्रयोग गर्न सकिन्छ । 

एकपटकको फूल चार्जमा यो टिभी एक महिनाभर दिनको छ घण्टासम्म प्रयोग गर्न सकिन्छ । टिभीमा टप माउन्ट क्यामेरा (टिभीको माथिपट्टि) उपलब्ध छ जसले प्रयोगकर्ताको हातको हाउभाउको आधारमा डिस्प्लेमा परिवर्तनहरू गर्छ । यो टिभीमा लुप भ्याकुम प्रविधि प्रयोग गरिएको छ  जसले ब्याट्रीको कम खपत गर्न मद्दत गर्छ । 

यसको अर्को राम्रो पक्ष भनेको ११० इन्चको डिस्प्ले मा एटके रिजोलुसन सहितको अनुभवको लागि चार टेलिभिजनलाई जोड्न पनि सकिन्छ, जसले एकै टिभीको जस्तै काम गर्नसक्छ । साथै १६ ओटा टिभी जोडेर २२० इन्चको डिस्प्लेको रुपमा पनि हेर्न सकिन्छ । 

यो टिभीलाई आवाज वा हातको हाउभाउ मार्फत प्रयोग गर्न सकिन्छ । हाललाई कम्पनीले यो मोडलको १०० थान टिभी मात्र तयार गरेको छ । 

पछिल्लो अध्यावधिक: पुस २४, २०७९ १०:९