close

भोलि काठमाडौंमा पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) समिट हुँदै, अश्नीर ग्रोभर मुख्य वक्ता

टेकपाना टेकपाना

पुस २५, २०७९ १७:०

भोलि काठमाडौंमा पेमेन्ट सर्भिस प्रोभाइडर्स (पीएसपी) समिट हुँदै, अश्नीर ग्रोभर मुख्य वक्ता

काठमाडौं । स्विभ्ट टेक्नोलिजी प्रालिकाे आयोजनामा भाेलि राजधानीमा पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) समिट हुने भएकाे छ । 

भुक्तानी सेवा प्रणालीलाई केन्द्रित गर्दै स्विभ्ट टेक्नोलोजीले गर्न लागेकाे समिटमा मुख्य वक्ताका रूपमा  भारत पेका संस्थापक अश्नीर ग्रोभर ग्रोभर उपस्थित रहनेछन् ।

अपरान्ह ५ बजे हायात प्यालेसमा हुने पीएसपी समिटमा नेपालका भुक्तानी सेवाप्रदायक कम्पनीको अवस्था, उनीहरूले चाल्नुपर्ने कदमहरू र आवश्यक नीतिबारे वृहत् छलफल हुने बताइएकाे छ ।

कार्यक्रमको लाइभ हिमालय प्रिमियम एचडी च्यानल र स्विभ्ट टेक्नोलोजीको फेसबुक पेजमा पनि लाइभ आउने छ ।

पछिल्लो अध्यावधिक: पुस २५, २०७९ १७:०