काठमाडौं । सरकारले स्टार्टअप, स्वरोजगारी र विभिन्न व्यवसायले सिर्जना गर्ने रोजगारी मापन गर्न 'जबमिटर'को व्यवस्था गर्ने भएको छ । सोमबार सार्वजनिक नेपाल सरकारको नीतिगत प्राथमिकता र न्यूनतम् कार्यक्रम मार्फत यस्तो घोषणा आएको हो ।
यसका साथै सरकारले स्वदेशी उत्पादन र स्वदेशी उपभोगलाई प्रोत्साहन गर्ने, राष्ट्रिय पुँजीको विकास गर्ने र मुलुकलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ 'मेक इन नेपालः काम-रोजगारी-उद्यमशिलता र स्वदेशी उत्पादन' अभियान समेत सञ्चालन गर्ने बताएको छ ।
जस अनुसार निवेदन दिएको सात दिनभित्र उद्योग व्यवसाय दर्ताको प्रमाणपत्र जारी गरिनेछ । यदि निर्धारित समयभित्र स्वीकृति नदिने कर्मचारीलाई सजाय गर्ने कानूनी व्यवस्था गर्ने विषय समेत सरकारको कार्यक्रममा उल्लेख छ ।