close

युट्युब शर्ट्सबाट कस्ता प्रयोगकर्ताले आम्दानी गर्न सक्छन् ?

टेकपाना टेकपाना

पुस २९, २०७९ १५:३७

युट्युब शर्ट्सबाट कस्ता प्रयोगकर्ताले आम्दानी गर्न सक्छन् ?

काठमाडौं । शर्ट भिडिओ शेयरिङ प्लेटफर्ममा टिकटकलाई चुनौती दिन युट्युब ल्याएको शर्टस्मा नयाँ सुविधा थपिँदैछ । कम्पनीले अबको दुई साता अर्थात् फ्रेब्रुअरी १ देखि शर्ट्सलाई मोनिटाइज गर्न मिल्ने फिचर ल्याउन लागेको छ ।

यसपछि शर्ट्समा भिडिओ राखेरै आम्दानी गर्न सकिने छ । लामो समयदेखि युट्युब प्रयोगकर्तालाई यो सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अब शर्ट्स प्रयोगकर्ताका लागि रेभेन्यु शेयर गर्ने भएको हो ।

यसअन्तर्गत शर्ट्स भिडिओमा आएको भ्युज तथा विज्ञापनका आधारमा युट्युब र क्रियटरबीच आम्दानी बाँडिन्छ । त्यसका लागि उपलब्ध गराएकाे 'पार्टनर प्राेग्राम' शर्त पालना गर्नुपर्ने छ ।

 यो कार्यक्रमले यसअघि कम्पनीले ल्याएको युट्युब शर्ट्स फन्डलाई विस्थापन गर्नेछ । धेरै इंगेजमेन्ट र भ्युज पाएका युट्युव शर्टसका क्रिएटरले यो फण्डबाट आम्दानी गर्न सक्थे । अब भने 'पार्टनर प्राेग्राम' शर्त पालना गरेपछि प्रयाेगकर्ताले युट्युबमा जस्तै शर्ट्स भिडिओबाट पनि पैसा कमाउन सक्नेछन् । 

कम्तीमा एक हजार फलोअर भएका र ९० दिनको अवधिमा शर्ट्समा एक करोडभन्दा बढी भ्युज भएका क्रियटरले याे पार्टनर प्राेग्राममा आवेदन दिनसक्ने जनाइएको छ । यसका लागि कन्टेन्ट ओरिजिनल हुनुका साथै युट्युबको कम्युनिटी गाइडलाइन अनुसार हुनुपर्ने छ ।

पछिल्लो अध्यावधिक: पुस २९, २०७९ १५:३७