close

आईफोनबाट यसरी खिच्नुहोस् उत्कृष्ट फोटो

टेकपाना टेकपाना

माघ १, २०७९ १८:२२

आईफोनबाट यसरी खिच्नुहोस् उत्कृष्ट फोटो

काठमाडौं । हुन त आईफोनले आकर्षक फोटोहरू खिचिरहेको हुन्छ  । तर केही सामान्य टिप्सको सहायतामा तपाईँले अझ राम्रा फोटोहरू हात पार्न सक्नुहुन्छ । आईफोनबाट कसरी लिने उत्कृष्ट फोटो ? 

१. क्यामेराको लेन्स सफा गर्नुहोस्

मोबाइलका लेन्समा छिट्टै र सहजै धुलोमैलो लाग्ने गर्छ र त्यसले तपाईँको फोटोमा ब्लर आउने र कम गुणस्तरीय हुने जस्ता नकारात्मक असर पार्न सक्छ । त्यसैले महत्त्वपूर्ण फोटो खिच्नुअघि नरम कपडाले आईफोनको लेन्स सफा गर्नुहोस्, तपाईँले तत्कालै भिन्नता महसुस गर्न सक्नुहुनेछ ।

यसका लागि बजारमा आद्रतासहितका वाइप्स पाउन सकिन्छ, जसलाई तपाईँले आफ्नो खल्तीमा राखेर उपयोग गर्न सक्नुहुन्छ । 

२. लेन्समा चम्किलो प्रकाश वा उज्यालोका धब्बा पर्न नदिनुहोस्

आईफोनमा ठूला र चौडा लेन्सहरू दिइएका हुन्छन् । यसको भौतिक शास्त्रीय कारण पनि छ । जसमा तपाईँले दुईमध्ये कुनै एउटा तरिका अपनाउन सक्नुहुन्छ ।

पहिलो सूर्यको प्रकाश पर्नेगरी शुट नगर्नुहोस् र अर्को उज्यालो प्रकाशको किरण वा धब्बा आउने गरी सिनेम्याटिक लुकका लागि विभिन्न पोजिसन अपनाउनुहोस् । 

३. मोबाइललाई स्थिर किसिमले पकड्नुहोस्, खासगरी रातको समयमा

यदि तपाईँको फोन फोटो खिच्ने क्रममा यताउति गरिरहेको छ वा हल्लिरहेको छ भने तपाईँले खिच्ने फोटो त्यति राम्रो नआउन सक्छ । अझ रातको समयमा त झन् खराब हुन सक्छ ।

यसका लागि सजिलो उपायको रूपमा फोटो खिच्ने क्रममा हातका कुहिनाहरू शरीरमा अड्याउन सक्नुहुन्छ । यस बाहेक फोन ट्राइपोडको सहायता लिन समेत सकिन्छ । 

४. एक मात्र नभई अनेकौँ फोटो खिच्नुहोस्

केवल एउटा फोटो मात्र नखिच्नुहोस्, बरु सकेसम्म धेरै फोटो खिच्नुहोस् ।

यसक्रममा आफ्नो एङ्गल थोरै परिवर्तन गर्न, थोरै अघिपछि यताउति गर्न र फोटोमा कैद गर्नुपर्ने मान्छेलाई राम्रो पोजिसनका लागि अह्राउन सक्नुहुन्छ । यति गरिसकेपछि धेरैभन्दा धेरै फोटो खिच्न नडराउनुहोस् । 

५. फोटोहरू खिचिसकेपछि एडिट गर्नुहोस् 

क्यामेराले जे खिच्छ, त्यो तपाईँले के देख्नु भयो वा तपाईँले के चाहनुहुन्थ्यो भन्ने कुरासँग मेल नखान पनि सक्छ ।

त्यसैले फोनमा खिचिसकेको फोटो खोल्नुहोस्, एडिट बटन दबाउनुहोस् र सेटिङमा खेल्न थाल्नुहोस् । 

६. अभ्यास गर्नुहोस्

फोटोग्राफीमा उत्कृष्ट बन्न चाहनुहुन्छ ? त्यसो हो भने धेरै भन्दा धेरै फोटो खिच्नुहोस् । राम्रो फोटो खिच्ने प्रयास गर्नुहोस् । यही नै त्यसका लागि उत्तम तरिका हो । 

पछिल्लो अध्यावधिक: माघ १, २०७९ १८:२२