close

ड्राइभिङ लाइसेन्सको अनलाइन अकाउन्टको प्रोफाइल लक भयो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

माघ ६, २०७९ १७:४

ड्राइभिङ लाइसेन्सको अनलाइन अकाउन्टको प्रोफाइल लक भयो ? यसो गर्नुहोस्

काठमाडौं । तपाईँ हामीमध्ये कतिसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छ होला । कतिपयले फारम भर्ने तयारी गरिरहनु भएको हुनसक्छ ।

काेही ट्रायल वा लिखितमा असफल भएका हाेलान् । लाइसेन्सका लागि अनलाइन फारम भर्दा बनाएकाे अनलाइन अकाउन्टकाे प्रोफाइल लक भए के गर्ने ? आज हामी यही विषयमा जानकारी दिँदैछौं ।

लाइसेन्सका लागि अनलाइन फारम भरिसकेपछि सम्बन्धित यातायात विभाग कार्यालयमा गएर १५ दिनभित्र शुल्क तिर्नुपर्ने हुन्छ । यदि त्यो समयमा विभागमा जान सकिएन भने शुल्क बुझाउने मिति चुकिसकेको हुन्छ ।

त्यसपछि यातायात विभागमा गएर पुनः अर्को मिति छान्नुपर्ने हुन्छ । त्यो बीचको समयमा अर्को अकाउन्ट बनाएर पुनः फारम भर्न सकिँदैन । किनभने नागरिकता नम्बर उही हुने भएकाले अर्को अकाउन्ट खोल्ने विकल्प हुँदैन ।

यसरी ९० दिनभन्दा बढी बितिसकेको छ भने तपाईँले प्रोफाइल लक हुन्छ । तपाईँले उक्त अकाउन्टलाई अनलक गरेर पुनः अर्को मिति लिन सक्नुहुन्छ ।

त्यसका लागि तलको प्रक्रिया अपनाउनुहोस्:

- सबैभन्दा पहिले यहाँ क्लिक रेर यातायात विभागको लगइन पेजमा जानुहोस् ।

- त्यसपछि युजरनेम र पासवर्ड राखेर अकाउन्ट लगइन गर्नुहोस् ।

- अनि, त्यहाँ प्रोफाइल अनलकको अप्सनमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि कुन कारणले अकाउन्ट लक भएको हो भन्ने अप्सन छान्नुपर्ने हुन्छ ।

- र, उपयुक्त कारण छानेर तल रहेको 'द्रष्टब्य' बक्समा टिक लगाउनुहोस् ।

- त्यसपछि दायाँपट्टि भएको 'कन्फर्म एण्ड प्रोसेस' मा क्लिक गर्नुहोस् ।

यति गर्नुभयो भने तपाईँको प्रोफाइल अनलक हुन्छ ।

पछिल्लो अध्यावधिक: माघ ६, २०७९ १७:५