close

१६ जीबी र्‍याम भएको 'वनप्लस ११' नेपाल आउँदै, प्रि-अर्डर गर्दा ५ हजार छुट पाइने

टेकपाना टेकपाना

माघ २३, २०७९ १६:३

१६ जीबी र्‍याम भएको 'वनप्लस ११' नेपाल आउँदै, प्रि-अर्डर गर्दा ५ हजार छुट पाइने

काठमाडौँ । वनप्लस ब्रान्डको बहुप्रतिक्षित स्मार्टफोन वनप्लस ११ फाइभजी नेपाली बजारमा पनि आउने भएको छ ।

वनप्लसको नेपालस्थित आधिकारिक बिक्रेता स्मार्ट टक प्रालिले १६ जीबी र्‍याम र २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको फ्ल्यागशिप फोन भित्र्याउन लागेको हो ।

कम्पनीका अनुसार यो फोनको 'ग्लोबल लन्च' मंगलबार (माघ २२) हुने र सोही दिनदेखि नेपालमा पनि प्रि-बुकिङ खुलाइनेछ । इच्छुक ग्राहकले फागुन ३ गतेसम्म दराज अनलाइन शपिङ प्लेटफर्ममार्फत प्रि-बुक गर्न सक्नेछन् । 

कम्पनीले यो फोनको मूल्य एक लाख ३४ हजार ९९९ रुपैयाँ तोकेको छ । प्रि-अर्डर गर्दा भने ग्राहकले पाँच हजार रुपैयाँ छुट वा वनप्लस ब्यान्ड, वनप्लस नोर्ड ब्यान्ड, वनप्लस वायरलेस नेकब्यान्डमध्ये एक प्रडक्ट निःशुल्क पाउनेछन् ।

त्यस्तै डेढ वर्षकाे वारेन्टी र एक वर्षको स्क्रिन ब्रेकेज इन्स्योरेन्सको सुविधा पनि छ ।

कम्पनीले ८ जीबी १२८ जीबी भेरियन्टको फोन पनि चाँडै नै नेपाल ल्याउने तयारी गरेको छ, जसको मूल्य एक लाख २९ हजार ९९९ रहेको छ ।

३१६x१४४० रेजोलुसनसहित ६.७ इन्चको क्वाड एचडी प्सल एमोलेड डिस्प्ले रहने फोनमा १२० हर्जसम्मकाे रिफ्रेश रेट रहने बताइएकाे छ ।

फाेनमा ह्यासलब्लेड क्यामेरासहित ५० मेगापिक्सेलकाे मुख्य सेन्सर, ४८ मेगापिक्सेल अल्ट्रा वाइड लेन्स र ३२ मेगापिक्सेलकाे टेलिफाेटाे सेन्सर रहेकाे छ ।

यसमा ५००० एमएएचकाे ब्याट्री दिइएकाे छ, जसका लागि कम्पनी १०० वाट सुपरभाेक चार्जर उपलब्ध गराउने छ । कम्पनीले दाबी गरेअनुसार याे चार्जरबाट २५ मिनेटमै फाेनकाे ब्याट्री फुल चार्ज हुन्छ । 

एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस १३ बाट चल्ने फोनमा क्वालकमको स्न्यापड्रागन ८ जेन टु प्रोसेसर प्रयोग गरिएको छ ।

पछिल्लो अध्यावधिक: माघ २३, २०७९ १६:३८